Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

मुकेश चाैरसिया हत्याकाे मुख्य अभियुक्त पक्राउ

spot_img
spot_img

वीरगंज । नेकपाका जिल्ला सदस्य मुकेश चौरसियाकाे हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन ।

पर्साकाे बिन्दवासीनी गाउँपालिका वडा नं ५ प्रसौनीमा कार्तिक ६ गते नेकपा गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको दोहोरो झडपमा साेही ठाउँ निवासी ३४ बर्षिय मुकेश चौरसियाको हत्या भएको थियो । 

साेही घटनाका मुख्य प्रतिवादी बिन्दवासिनी गाउँपालिका वडा नं. ३ इटियाही निवासी बर्ष ३८ का अखिलेश चौरसियालाई प्रकाउ परेकाे प्रहरीले जनाएकाे छ ।

अशेसर प्रसाद चाैरसिया भन्ने अखिलेश चाैरसियालाई वीरगंज महानगरपालिकाकाे वडा नं. २५ अलाैं, श्रीसियाबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

 त्यतिबेला भएको झडपको सार्वजनीक भएको भिडियो फूटेजमा चौरसियालाई बाँसले प्रहार गर्ने अखिलेश चौरसिया रहेको बताइएको छ । 

दुइ पक्षवीच भएको झडपमा परि घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा बीरगंजको एलएस न्यूरो अस्पतालमा कार्तिक ७ गते निधन भएको थियो ।

यस अघिनै अर्का आराेपति उत्तम तिवारी पक्राउ परिसकेका छन् । घटना भएकै दिन पनि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...