Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

मुकेश चाैरसिया हत्याकाे मुख्य अभियुक्त पक्राउ

spot_img
spot_img

वीरगंज । नेकपाका जिल्ला सदस्य मुकेश चौरसियाकाे हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन ।

पर्साकाे बिन्दवासीनी गाउँपालिका वडा नं ५ प्रसौनीमा कार्तिक ६ गते नेकपा गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको दोहोरो झडपमा साेही ठाउँ निवासी ३४ बर्षिय मुकेश चौरसियाको हत्या भएको थियो । 

साेही घटनाका मुख्य प्रतिवादी बिन्दवासिनी गाउँपालिका वडा नं. ३ इटियाही निवासी बर्ष ३८ का अखिलेश चौरसियालाई प्रकाउ परेकाे प्रहरीले जनाएकाे छ ।

अशेसर प्रसाद चाैरसिया भन्ने अखिलेश चाैरसियालाई वीरगंज महानगरपालिकाकाे वडा नं. २५ अलाैं, श्रीसियाबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । 

 त्यतिबेला भएको झडपको सार्वजनीक भएको भिडियो फूटेजमा चौरसियालाई बाँसले प्रहार गर्ने अखिलेश चौरसिया रहेको बताइएको छ । 

दुइ पक्षवीच भएको झडपमा परि घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा बीरगंजको एलएस न्यूरो अस्पतालमा कार्तिक ७ गते निधन भएको थियो ।

यस अघिनै अर्का आराेपति उत्तम तिवारी पक्राउ परिसकेका छन् । घटना भएकै दिन पनि केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...