Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

बस्डिलवामा आयाेजित भलिबल प्रतियाेगितामा सुगाैली बिजयी

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं २९ बस्डिलवामा आयाेजित भलीबल प्रतियाेगिताकाे शनिबार भएकाे फाइनल खेल सुगाैलीले भलिबल टिम बिजयी भएकाे छ ।

दिपावली तथा छठ पर्वको उपलक्ष्यमा कार्तिक ३० गतेदेखि श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय बस्डिललाको प्राङ्गणमा भएकाे फाइलन खेलमा सगरमाथा देउरबाना भलीबल टिमलाई हराउदै सुगाैली बिजयी भएकाे हाे ।

जनजागृति युवा क्लब बसडिलकाे आयोजनमा भएकाे बस्डिलवा भलीबल प्रतियोगिताकाे फाईनल खेलकाे शुरूवातीमा सुगौलीले एक फोवाईनटले जितेको थियो । दोस्रो पोवाईनटमा पनि सुगौली भलीबल टिमले चार अंकले जितेको थियो ।

त्यस्तै तेस्रो पोवाईनटमा चार अंकले सुगौली नै जितेको थियो । अन्तिम पाँच रनीको खेलमा सुगौली तीन रनीले जितेको थियो।

प्रथम हुने सुगौली भलीबल टिमलाई नगद रु बिस हजार, सिलड, मेडल र प्रमाण पत्रले प्रमुख अतिथि प्रधुमन यादबले पुरस्कृत गरे । प्रतियाेगितकाे उप बिजेता हुने देउरबानालाई नगद दश हजार, सिलड, मेडल, प्रमाण पत्रले बिशिष्ट अतिथि वडाध्यक्ष धर्मेन्द्र महतो थारुले पुरस्कृत गरेका थिए । 

प्रमुख अतिथि समाजसेवी यादवले गाउँ घरको बाटो निर्माण, पुल, नालाको बिकास भए मात्र बिकास नहुने वताए । उनले ठाउँ समाजकाे बिकाश हुन खेलकाे पनि जरुरी रहेकाे वताए । 

प्रतियाेगिताकाे अनुशासित टिम छातापिपरा भलीबल टिम बारा, मैन अफ द सिरीज नव जागृत युवा क्लब सुगौली पर्साका प्रितम चौधरी, मैन अफ द मैच सागरमाथा दउरबाना भलीबल टिमका आलोक चौधरी घाेषित भएकाे आयोज क्लबका टिम कप्तान हेमन्त प्रसाद थारूले जनकारी दिए ।

आयाेजक जागृति युवा क्लब बसडिलवाका अध्यक्ष देवपुजन प्रसाद गौराे थारुको अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा स्वागत मन्तब्य बिनोद प्रसाद चौधरी र संचालन बालेश्वर प्रसाद चौधरीले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...