27.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

बस्डिलवामा आयाेजित भलिबल प्रतियाेगितामा सुगाैली बिजयी

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं २९ बस्डिलवामा आयाेजित भलीबल प्रतियाेगिताकाे शनिबार भएकाे फाइनल खेल सुगाैलीले भलिबल टिम बिजयी भएकाे छ ।

दिपावली तथा छठ पर्वको उपलक्ष्यमा कार्तिक ३० गतेदेखि श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय बस्डिललाको प्राङ्गणमा भएकाे फाइलन खेलमा सगरमाथा देउरबाना भलीबल टिमलाई हराउदै सुगाैली बिजयी भएकाे हाे ।

जनजागृति युवा क्लब बसडिलकाे आयोजनमा भएकाे बस्डिलवा भलीबल प्रतियोगिताकाे फाईनल खेलकाे शुरूवातीमा सुगौलीले एक फोवाईनटले जितेको थियो । दोस्रो पोवाईनटमा पनि सुगौली भलीबल टिमले चार अंकले जितेको थियो ।

त्यस्तै तेस्रो पोवाईनटमा चार अंकले सुगौली नै जितेको थियो । अन्तिम पाँच रनीको खेलमा सुगौली तीन रनीले जितेको थियो।

प्रथम हुने सुगौली भलीबल टिमलाई नगद रु बिस हजार, सिलड, मेडल र प्रमाण पत्रले प्रमुख अतिथि प्रधुमन यादबले पुरस्कृत गरे । प्रतियाेगितकाे उप बिजेता हुने देउरबानालाई नगद दश हजार, सिलड, मेडल, प्रमाण पत्रले बिशिष्ट अतिथि वडाध्यक्ष धर्मेन्द्र महतो थारुले पुरस्कृत गरेका थिए । 

प्रमुख अतिथि समाजसेवी यादवले गाउँ घरको बाटो निर्माण, पुल, नालाको बिकास भए मात्र बिकास नहुने वताए । उनले ठाउँ समाजकाे बिकाश हुन खेलकाे पनि जरुरी रहेकाे वताए । 

प्रतियाेगिताकाे अनुशासित टिम छातापिपरा भलीबल टिम बारा, मैन अफ द सिरीज नव जागृत युवा क्लब सुगौली पर्साका प्रितम चौधरी, मैन अफ द मैच सागरमाथा दउरबाना भलीबल टिमका आलोक चौधरी घाेषित भएकाे आयोज क्लबका टिम कप्तान हेमन्त प्रसाद थारूले जनकारी दिए ।

आयाेजक जागृति युवा क्लब बसडिलवाका अध्यक्ष देवपुजन प्रसाद गौराे थारुको अध्यक्षतामा भएकाे पुरस्कार वितरण कार्यक्रममा स्वागत मन्तब्य बिनोद प्रसाद चौधरी र संचालन बालेश्वर प्रसाद चौधरीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:215. Generation time:4.674 sec. Memory consumption:81.54 mb