Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

डा. नीलिमा : बिरामीको सेवादेखि मिस युनिभर्स नेपालको प्रतिस्पर्धीसम्म

spot_img
spot_img

भर्खरै भारतबाट एमबीबीएस अध्ययन सकेर नेपाल फर्किएकी डा. नीलिमा श्रेष्ठले बाल्यकाल देखि नृत्य र संगीतमा रुचि राख्ने गर्थिन । जारी मिस युनिभर्स नेपालको अब्बल प्रतिस्पर्धी श्रेष्ठले अहिले आफुलाई सहयोग गर्न सामाजिक संजालका प्रयोगकर्ताहरुलाई अनुरोध गरिरहेकी छिन ।

फरक सोच र शैलीका साथ् आएकी श्रेष्ठले आफूलाई प्रमुख प्रतिस्पर्धीको रूपमा उभ्याएकी छिन् । उनले आफ्नो प्रस्तुतिमा रारा तालदेखी दैलेखको ऐतिहासिक बाईसदेवल सम्मको भिडियोहरु राखेकी छन् । उनको भिडियो हेरेपछि कला, सुन्दरता र बौद्धिकताको त्रिमुर्ति मेल भएको पाउन सकिन्छ । उनलाई ब्रेभ, ब्युटी र बोल्डको समष्टि भन्दा अतिसयोक्ति नहोला ।

उनिसहित अन्य प्रतिस्पर्धीहरुले आफ्नो आकर्षक भिडियोहरु अपलोड गरिरहेका छन् । विभिन्न घटनाहरुमा आधारित भएर प्रतिस्पर्धीहरुले भिडियो बनाइरहेका छन् । उनका भिडियोले नेपालको पर्यटन प्रबर्धनमा ठुलो टेवा पुग्ने देखिन्छ । एप्रोन लाएर फ्रन्टलाईनका खटिएर बिरामीको सेवा गर्ने निलिमाको सुन्दरता मिस युनिभर्सको स्पर्धाले झन् स्पातिलो बनाउने छ ।

उनले राखेको भिडियोमा आफ्नै पिताले लेखेको गित गाएकी छिन् । साथै मिस युनिभर्स नेपाल एप डाउनलोड गरेर आफ्ना भिडियो लाइक गर्न नीलिमाले अपिल गरेकी छिन् । फरक पेशा र पृष्ठभूमिबाट आएर नेपालका बत्तिमुनिका अध्यारो भनेर चिनिएका प्राकृतिक छटाको प्रचारप्रसारमा निलिमाले कुनै कसर बाँकी छाडेकी छैनन् ।

मिस युनिभर्स नेपालमा भाग लिन भोलिसम्मका लागी आवेदन खुल्ला राखिएको छ । मिस युनिभर्स नेपाल नामको एप मार्फत उक्त प्रतियोगिता भैरहेको छ । सभार : कान्तिपथ

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...