सन् १९९७ को कुरा हो, त्यतिबेला सनी देओल निकै चर्चित नायक थिए र ऐश्वर्या राय आफ्नो सुन्दरताले बलिउडमा हलचल मच्चाइरहेकी थिइन् ।
त्यतिबेला निर्माता पहलाज निहलानीले एक फिलममा सनी देओल र ऐश्वर्या रायको जोडीलाई पर्दामा उतार्ने बारे सोचे ।
फिल्मको नाम राखे ‘इन्डियन’ र फिल्मको घोषणा जोडदार तरिकाले भयो । सनी र ऐश्वर्याका थुप्रै तस्बिर पनि सार्वजनिक भए । यो फिल्ममा सनीको दोहोरो भूमिका थियो । एक चरमपन्थी र अर्को अफिसरको ।
सनी र ऐश्वर्यामाथि एउटा गीत पनि सुटिङ भएको थियो । लगभग साढे चार करोड भारु खर्च भएपछि अचानक यो फिल्म बन्द भयो ।
पछि सनीले इन्डियन नामको दोस्रो फिल्म सुट गरे जसमा उनको अपोजिटमा शिल्पा शेट्टी देखिइन् ।
प्रतिक्रिया लेख्नुहोस