Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

रेडक्र्सद्वारा महिलाहरुलाई शारीरिक सरसफाइ सामग्री

spot_img
spot_img

वीरगंज ।  नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले महिलाहरुलाई शारीरिक सरसफाइ सामग्री वितरण गरेकाे छ ।

रेडक्रसद्वारा संचालित कोभिड-१९ पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत कोरोना रोगबाट प्रभावित भएका घरका महिलाहरुलाई शारीरिक सरसफाइ सम्बन्धि सामाग्री हस्तान्तरण गरिएको रेडक्रसका पर्साका राजन श्रीवास्तवले वताए ।

शारीरिक सरसफाइ सामाग्रीमा स्यानेटेरी प्याड, ब्रस, पेस्ट, सेनिटाइजर, डोरि, साबुन, तौलिया, प्यान्टी,पीयूष, साबुनदानी, झाेला लगायतकाे सामग्री वितरण गरिएकाे उनले जानकारी दिए ।

उक्त सामग्री वीरगंज महानगरपालिका वडा नं. ४ मा वडाध्यक्ष जगत साह कानुको रोहबरमा २५ जना महिलाहरुलाई बितरण गरिएको थियोे । साे अवसरमा कार्यमा कार्यक्रम अधिकृत उमेस मिश्र, अजय यादव, लेखा अधिकृत बिरशमसेर प्रसाद कुर्मि, सामाजिक परिचालक अजय चौरासीयाको सहभागीता रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...