Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

३ महिलासहित ८७ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । बाराकाे सदरमुकाम कलैयामा आज रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कलैया युवा विकास क्लबकाे आयाेजनामा भएकाे कार्यक्रममा ३ महिलासहित ८७ जनाले रक्तदान गरेका छन ।

क्लब का अध्यक्ष पपु कुमार साहकाे अध्यक्षतामा भएकाे कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य ज्वाला साहले गरेकी थिइन ।

कलैया उपमहानरपालिकाकाे वडा नं. ४ काे कार्यालय प्राङ्गणमा भएकाे कार्यक्रममा रबी गुप्ता, राजु साह, शुसिल कुमार साह, निरज अधिकारी, श्रीराम प्रसाद साह, बिमल कुमार साह, गाेबिन्द कुमार साह, निरज सर्राफ, अशाेक कुमार तिवारी, कृष्णा पटेल, अस्मिता खनाल, मनिष कुमार साह, राजिव कुमार साह, कृष्णा मुरारी, मदन प्रसाद साह, राहुल साह कलवार, जटाशंकर  प्रसाद यादव, सुजित पाण्डे लगायतकाले रक्तदान गरेका छन् । 

साे कार्यक्रममा प्रदेश सभा सदस्य पारस प्रसाद साह, कलैया उपमहानगरपालिका नगर प्रमुख राजेश राय यादव, बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पगेनी, प्रहरी नायब उपरिक्षक गौतम मिश्र, गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर यादव लगायतकाे उपस्थिति रहेको थियोे । कार्यक्रमकाे संचालन बिरेन्द्र साहले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी, बिशिष्ठ अतिथी र अतिथीहरुलाई आयाेजक संस्थाले गमछा ओढाएर र मायाँकाे चिन्हाे प्रदान गरी सम्मानसमेेत गरेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...