Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

राजनितिक आडमा अराजगता फैलाउँने काम मात्र भईरहेको छ : काँग्रेस पर्सा

spot_img
spot_img

वीरगंज । नेपाली काँग्रेस पर्साका अध्यक्ष अजय द्वुवेद्वीले अहिलेको अवस्थामा राजनितिक नगरी राजनितिक आडमा अराजगता फैलाउँने काम मात्र भईरहेको आरोप लगाएका छन् ।

काँग्रेस क्षेत्र नम्बर १ ले वीरगन्ज १६ नगवामा आयोजना गरेको घरदैलो तथा सभालाई सम्बोधन गर्दै अध्यक्ष द्विवेदीले जनताको विकास भन्दा पनि आफनो व्यक्तिगत विकास पार्टी कार्यकर्ता पाल्नलाई राजनितिक आडमा अराजगता फैलाउँने काम भएको बताए ।

घरदैलो पश्चात बौद्धिमाई मन्दिर प्राङ्गणमा आयोजित कोण सभामा सहभागि स्थानिय नेता अशोक पटेल, रविन्द्र श्रीवास्तव लगायतले नगवा पोखरीलाई सौन्दर्यकरणको नाममा व्यापक भ्रष्ट्रचार र हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठ मन्दिरको जग्गा निर्वाचित जनप्रतिनिधिहरुले मास्न खोजेको गुनासो गरेका थिए ।

नेता पटेलले संदियौं देखि बौद्धिमाई मन्दिर क्षेत्रमा छठ, दशहरा पर्व, यहाँ सम्म प्राकृतिक विपद आउँदा समेत यो मन्दिरको जग्गामा हामी संरक्षण लिने गरेको छौ तर प्रदेश सरकारले सौन्दर्यकरणको नाममा गिद्दे नजर लगाउँदै धार्मिक स्थलको जग्गा अतिक्रमण गरेर पार्क बनाउँन खोजेको काँग्रेस नेताहरु संग गुनासो गरेका हुन ।

पुरातात्वीक विभागबाट समेत मन्दिर क्षेत्रको जग्गामा पार्क निर्माण गर्न नपाउँने लिखित पत्र दिदाँ समेत प्रदेश सरकारले त्यसको अवहेलना गरेर जबरजस्ती पार्क बनाईरहेको छ, उनले भने, यहाँको सरकारको मन्साय ठिक छैन, यदी पार्क निर्माणमा पुर्नविचार नगरे त्यसको विरुद्ध प्रतिकारमा उत्रिन पछि नहट्ने सुझाउँ समेत दिएका थिए ।

जनताको गुनासो सुन्दै नेता द्वुवेद्वीले कुनैपनि धार्मिक स्थललाई राजनितिक आडमा मास्न खोजे सहन नहुने चेतावनी समेत दिए । उनले भने, जनताको भावना विपरित र आफनो स्वार्थ सिद्ध गर्न कुनै पनि गतिविधि गर्न खोजे त्यसको विरुद्धमा स्थानियले उत्रिनु पर्छ र हामी काँधमा काँध मिलाएर अगाडी बढ्न तयार छौ ।

संघ र प्रदेश सरकारले मधेशको विकास गर्न खोजेका होईन, विकासको नाममा छुट्याएको बजेट आफनो कार्यकर्ताहरुको रजाई बनाएको आरोप नेपाली काँग्रेसका युवा नेता एवं पूर्व सांसद अनिल रुगंटाले लगाए ।

उनले लोकतन्त्र पार्टीका कार्यकर्तालाई पाल्नलाई ल्याएको होईन, जनतालाई अधिकार सम्पन्न बनाउँन र विकास निर्माणको काम जनताको घर घरमा पु¥याउँनको लागि लोकतन्त्र ल्याएका हौं यदी यसको दुरुपयोग गरी जनताको भावना विपरित लाग्ने विरुद्ध प्रतिकारमा उत्रिन बाध्य हुने बताए ।

कार्यक्रममा सम्सेर अख्तरलाई क्षेत्रिय सदस्यमा समेत मनोनित गरिएको क्षेत्रिय सभापती एवं घरदैलो अभियानका नेृत्वकर्ता विजय सर्राफले बताए ।

घरदैलो अभियानमा वीरगन्ज महानगरपालिका उपमेयर शान्ति कार्की, काँग्रेसका नेता रामनारायण कुर्मी, दिना गुप्ता, मनोज पटेल, बाबुनन्द चौरसिया, विनोद चौरसिया, असाब मियाँ ठकुराई, मिन्टु सिंह, मेराज आलम, नागेश्वर प्रसाद, भवानी घिमिरे लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...