Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

काेराेना संक्रमणबाट धाेबिनी गाउँपालिकाका एक पुरुषकाे मृत्यु

spot_img
spot_img

वीरगंज । पर्सामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ ।

काेराेना संक्रमणबाट पर्साकाे धाेबिनी गाउँपालिका वडा नं. ४ निवासी ५० बर्षिय पुरुषकाे मृत्यु भएकाे जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकाे छ ।

उच्च ज्वराे, स्वासप्रस्वासमा समस्या देखिएकाे उनलाई साेमबार दिउसाे २ बजे वीरगंजस्थित नारायणी अस्पतालमा ल्याइएकाे थियाे । अस्पताल भर्ना गरि उपचार गर्ने क्रममा साेही दिन ४:३० बजे मृत्यु भएकाे हाे ।

मृत्यु पश्चात जिन एक्सपर्ट विधिबाट नारायणी अस्पताल कै प्रयाेगशालामा गरिएकाे परिक्षणमा काेराेना पुष्टि भएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

उनको उपचारमा खटेका चिकित्सक अनुसार उनको दुबैतिरको फोक्सोमा निमोनिया र श्वासप्रश्वासको समस्याका कारण मृत्यु भएको हो ।

योसँगै पर्सामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...