Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वीरगंजका ३ सहित थप ७ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साका ३ जनासहित थप ७ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा साेमबार गरिएकाे परिक्षणमा पर्साका ३, बाराका ३ र मकवानपुरका १ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

पर्साका ५७ सहित ११७ जनाकाे स्वाबकाे नमुना आरटी पिसिआर विधिबाट परिक्षण गर्दा ४ महिलासहित ७ जनामा काेराेना पाेजिटिभ देखिएकाे उनले जानकारी गराए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेमा २१ बर्षदेखी ४४ बर्ष सम्मका रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १९ देखी ३० सम्म रहेकाे छ ।

पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ३ का ३१ बर्षिय पुरुष, वडा नं. १३ का २७ बर्षिय पुरुष, वडा नं. २० का २८ बर्षिय पुरुषमा संक्रमण देखिएकाे हाे ।

त्यसैगरी, बाराकाे कलैया उपमहानगरपालिका वडा नं. १ का २१ बर्षिय महिला, जितपुर सिमरा उपमहानगरपालिकाका ३७ र ४४ बर्षिय महिला संक्रमित भएका छन् ।

त्यसैगरी, मकवानपुरकाे हैटाउडा उपमहानगरपालिका वडा नं. ५ का बर्षिय महिलामा काेराेना पाेजिटिभ देखिएकाे छ ।

यस अघि आइतबार पनि नारायणी अस्पतालकाे प्रयाेगशालामा गरिएकाे परिक्षणमा पर्साका १३ सहित १७ जनामा काेराेना संक्रणम पुष्टि भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...