Date
शनि, अशोज २४, २०८३
Sat, October 10, 2026

पाेखरिया अस्पतालका मेसु २ महिनादेखी गायब, सेवा प्रवाह लथालिंग

spot_img
spot_img

वीरगंज । पाेखरिया जिल्ला अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट (मेसु) डा. अनिल यादव २ महिनादेखी गायब भएका छन् ।

पाेखरिया नगरपालिकाकाे वडा नं. ४ पाेखरिया बजारस्थित रहेकाे अस्पतालका मेसु डा. यादव २ महिनादेखी अस्पताल आएका छैनन् । अध्ययन बिदामा रहेका मेसु डा. यादव लामाे समयदेखी सम्पर्क विहिन भएपछि अस्पतालकाे सेवा प्रवाह लथालिंग भएकाे छ ।

अस्पताल पुग्ने ग्रभावती महिला लगायतका बिरामीलाई डाक्टर नभेट्ने, सेवा प्रवाह लथालिंग भएकाे गुनासाे बढेपछि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेतृत्वकाे एक टाेलीले साेमबार अनुगमन गरेकाे छ ।

प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी नेतृत्वकाे टाेलीले अस्पतालमा छड्के अनुगम गरेकाे हाे । अनुगमनकाे क्रममा अस्पतालका मेसु डा. यादवसहितका अधिकांश डाक्टरहरु अनुपस्थित रहेकाे, कुन डाक्टरकाे कुन समयमा कुन दिन डियुटी अंकित  सेडुलसमेत नभेटिएकाे, अस्पतालका डाक्टर र कर्मचारीहरु हाजिरीसमेत नगर्ने गरेकाे, अस्पतालकाे सरसफाई अवस्था दैनिय लगायतकाे समस्या देखिएकाे हाे ।

अनुगमनकाे क्रममा अस्पतालका डाक्टर तथा कर्मचारीहरु कहिले काँही आउने, महिना दिनकाे हाजरी एकै दिन गर्ने, अस्पताल पुुग्ने बिरामीहरुलाई डाक्टहरु नभेट्दा पिडित भएकाे पाइएकाे अुनगमन टाेलीमा सहभागि नगरपालिकाका एक कर्मचारीले वताए ।

उनका अनुसार अस्पतालमा अनुपस्थित भेटिएका डाक्टर तथा कर्मचारीसंग प्रमुख प्रशासकिय अधिकृत गिरीले स्पष्टिकरणसमेत साेधेका छन् । स्पष्टीकरणबाट सन्ताेषजनक जबाब नआए कारवाहीसमेत गरिने छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...