Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

जगरनाथपुरमा टयाक्टर दुर्घटना, एककाे मृत्य

spot_img
spot_img

वीरगन्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुरमा आइतबार बिहान टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

लक्ष्मीपुरबाट धान लोड गरेर वीरगन्ज आउँदै गरेको लु ३ त १२१६ नम्बरको ट्याक्टर लक्ष्मीपुरमै रहेको चन्द्रवाती खोलाको पुलबाट करिब १ सय मिटर तल खसेको थियो । 

टयाक्टरले च्यापिएर टयाक्टरका चालक ३५ वर्षीय राम मनोहर साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । टयाक्टर धनीसमेत रहेका साह आफैँले चलाएर ल्याएको टयाक्टर अनियन्त्रित भइ पुलबाट तल खसेको हो । 

धान लोड भएको ट्याक्टरले थिचिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पाण्डेपुरका प्रहरी सहायक निरीक्षक आदर्श खतिवडाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...