Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

परवानीपुरमा नेपाली कांग्रेसकाे शुभकामना अदानप्रदान

spot_img
spot_img

वीरगंज । बाराकाे परवानीपुर गाउँपालिकामा नेपाली काँग्रेसकाे शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । नेपाली काँग्रेस परवानीपुर गाउँपालिकाकाे आयाेजनामा शुभ दपावली तथा छठ पर्वकाे शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुनील कुमार गुप्ताले सबै नेता, कार्यकर्ता मिलेर पार्टीलाई थप मजबुत बनाउन आग्रह गरे । उनले विगतमा भएका कमी कमजोरीहरूलाई सच्याउँदै अगाडि बढन सवैलाई अनुरोध समेत गरे । 

कार्यक्रमका प्रमुख अतिथीसमेत रहेका नेता गुप्ताले गाउँपालीका अन्तर्गतका सबै वडामा यूवा कमिटी गठन गरी यूवाहरुलाई पार्टीकाे गतिविधिमा अगाडी बढाउनु पर्ने वताए ।

कार्यक्रमका विशिष्ट अतिथी परवानीपुर गाउँपालीकाका मेयरका प्रत्यासी लालबाबु यादवले पार्टीका समपूर्ण नेता, कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरे । उनले आउने दिनहरुमा नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउनेसमेत वताए ।

नेपाली कांग्रेस परवानीपुर गाउँपालिकाका सभापती पुनदेव प्रसाद यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा नेताहरु जगदिश साह कानु, लोकेश सिंह, विजय गुप्ता लगायतले शूभकामना मन्तब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन धुर्ब रायले गरेका थिए ।

वि.एस.पार्टी प्यालेसमा भएकाे कार्यक्रममा किशोरी पटेल, लोहा सिंह, मन्दिप यादव, सन्नी साह, महिला सदस्य लगायत पाचै वडाका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...