Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

जाहेरी दर्ता भएपछि शुक्रबार चाैरसियकाे दाहसंस्कार गरिने

spot_img
spot_img

वीरगन्ज । सरकारी वकिल कार्यालयमार्फत सभासद तथा नेकपा नेता राजकुमार गुप्तासहित १२ जना विरुद्ध जाहेरी दर्ता भएपछि मकुेश चाैरसियाकाे दाहसंस्कार गरिने भएकाे छ ।

नेकपाका पर्सा इन्चार्ज रामचन्द्र साह र जिल्ला सचिव विजय महताेले बिहिबार संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै नेकपा पर्सा जिल्ला किमिटी सदस्य तथा बिन्दवासिनी गाउँपालिका कमिटी सचिव चाैरसियकाे शव परिक्षण शुक्रबार गराई साेही दिन नै दाहसंस्कार समेत गरिने जनाएका छन् ।

जारी प्रेस विज्ञप्ती अनुसार नारायण अस्पतालमा रहेकाे चाैरसियकाे शवलाई कार्तिक १४ गते शुक्रबार विहान ९ बजे पाेष्टमार्टम गरिने ५ भने साेही दिन ११ बजेदेखी बिन्दवासिनी गाउँपालिकाकाे बहुअर्वा माध्यमिक विद्यालय नजिक रहेकाे समशानघाटमा अन्त्यष्टि गरिने छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले जाहेरी लिन नमानेपछि पीडित पक्षले बिहीबार सरकारी वकिल कार्यालयमार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका हुन् । गत बिहीबार नेकपा पर्साकाे विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार वीरगन्जमा मृत्यु भएको थियो ।

घटनाको ७ दिन बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित पक्ष बिहीबार निवेदनसहित जाहेरी लिएर सरकारी वकिल कार्यालय पुगेको थियो । सरकारी वकिल कार्यालयका पदमबहादुर कार्कीले निवेदन दर्ता गरी आवश्यक कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताए ।

शुक्रबार मुकेशको मृत्यु भएपछि मृतकका भाइ महेश चौरसियाले दाइको हत्याको मुख्य योजनाकारमा सभासद तथा नेकपा नेता गुप्तासहित १२ जनाको जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले लिन मानेको थिएन । उनका अनुसार गुप्ताको नाम हटाई जाहेरी ल्याएमात्र दर्ता गर्ने प्रहरीले अडान राखेको थियो । जाहेरी दर्ता गराउन नेकपाकाे एक समुहका नेता तथा कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय अगाडि विगत ७ दिनदेखि धर्ना दिइरहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...