Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

घरिअर्वामा अल्पत्र भेटिएका बिरामीलाई अस्पताल पुर्याइयाे

spot_img
spot_img

वीरगंज । वीरगंजकाे घरिअर्वामा अल्पत्र भेटिएका एक बिरामीलाई डाक्टरकाे पहलमा उद्दार गरिएको छ ।

वीरगंजको घरिअर्वा पोखरीको छेउमा लडिरहेको अवस्थामा अल्पत्र र घाउको ब्यथाले छट्पटी रहेको ब्यक्तिलाई डा. दिपक चौरसिया र काेभिड एक्सन टिम (क्याटका) का सदस्य तबरेज अहमदकाे सहयाेगमा उद्दार गरी अस्पताल पुर्याइएकाे छ ।

वीरगंजस्थित रहेको नारायणी अस्पतालमा उपचारको लागि पुर्याइएकाे ति व्यक्तिकाे उपचार डा. चाैरसियाले नै गरिरहेका छन् ।

डा. चाैरसियाले ति व्यक्तिलाई सडक पेटिमा घाउकाे व्यथाले लडिरहेकाे देखेपछि क्याटका सदस्य अहमदलाई फाेनमार्फत खबर गरेका थिए । त्यसपछि घडिअर्वा पुगेका क्याटका सदस्य अहमद र डा. चाैरसियाकाे सहयाेग ति व्यक्तिलाई अस्पताल पुर्याइएकाे थियाे ।

डाक्टर भएर बाटोमा अल्पत्र भेटिएका ब्यक्तिलाई उद्दारकाे लागि पहल गर्नु र आफैंले उपचार गर्ने कार्याले डा. चौरसियाले आफ्नाे कर्तव्य निर्वाहकाे साथै मानवता तथा समाजिक दायित्वसमेत पुरा गरेकाे क्याटका सदस्य अहमदले वताए ।

डा. चौरसियाको आग्रहमा ग्रीन प्लस फर्मेसीले सो ब्यक्तिकाे उपचारमा लाग्ने सम्पूर्ण औषधीसमेत सहयोग गरेको वताइएकाे छ । अल्पत्र रहेको ब्यक्तिले आफ्नो ठेगाना बाराको जितपुर रहेको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...