Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

नेकपा र कांग्रेस नितीगत भ्रष्टाचारी : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले नेकपा र कांग्रेस पार्टी नितीगत भ्रष्टाचारी भएको आरोप लगाएका छन ।

जनता समाजवादी पार्टी बीरगंज – २७ वडा ईकाई समिति उदयपुरघुर्मीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै सांसद यादवले सरकारमा रहेको नेकपा र विपक्षमा रहेको कांग्रेस पार्टीले नितीगत रूपमै भ्रष्टाचार गरेको आरोप लगाए । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका सांसद यादवले वाईड बडि विमान घोटाला काण्डमा सरकारलाई छानबिन प्रतिवेदन बुझाउदासमेत हाल सम्म कुनै कारबाही प्रक्रिया अगाडी नबढाउनु र विपक्षमा रहेको कांग्रेस पार्टी पनि तै चुप मै चुपको अवस्थामा रहेको देखिनुले यि दुवै ठुला पार्टीहरु नै नितीगत रूपमा हुने भ्रष्टाचारको संरक्षणमा लागेको ठोकुवा गरे ।

देशमा भएका ठुला ठुला भ्रष्टाचार काण्डहरूको छानवीन हुन्छ प्रतिवेदन बुझाईन्छ तर कारबाही केहि हुदैन यहि कारणहरूले पनि भ्रष्टाचार मौलाएको उनकाे भनाई छ । सांसद यादवले अबको वैकल्पिक शक्ति जनता समाजवादी पार्टी हुने निस्चित रहेको बताए ।

जनता समाजवादी पार्टी आज तेस्रो शक्ति देखिदा पनि सम्पुर्ण मधेशवादी र आफ्नो हक अधिकारका लागि संघर्षरत रहेका समर्पुण शक्तिहरु एक जुट भएर अगाडी बढेपछी झन बलियो रूपमा प्रस्तुत हुने विश्वास लिएको बताए । उनले अबको संघर्ष मधेशमा मात्र नभई देशमा एकसाथ हुने दावी गरे ।

कार्यक्रममा विभिन्न पार्टि परित्याग गरी १ सय ५ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । कार्यक्रममा नेकपा पार्टी प्रतियाग गरी मोटर यादवको नेतृत्वमा रामदरस यादव ,प्रमोद यादव,अनिल गिरी, नन्दलाल रायभर आसमन यादव, शम्भु यादव र एकतर आलमको नेतृत्वमा रहमत देवान, हिरा देवान जमुदिन मियाँ, भोज हवारी, हरिनारायण ठाकुर, बेलास गोढ, नागिन्द्र रायभर तथा नेपाली कांग्रेस परित्याग गरी ईनल यादव, रामअव्या यादव ,मनाई राय, अनिल यादव, जयन्पाल साह गोंड, लालबाबु गिरी साथै कुहडी युथ एकेडमीका रिजवान हवारीको नेतृत्वमा अब्दुल हवारी, असगर हवारी, नुरैन हवारी, अजरोदिन अंसारी लगायतकाले पार्टी प्रबेश गरेकाे वताइएकाे छ ।

जनता समाजवादी पार्टीका विरगंज महानगरपालिका वडा नं.२७ का ईकाइ अध्यक्ष दयानंद उपाध्यायकाे अध्यक्षतामा भएकाे पार्टी प्रबेश कार्यक्रममा प्रदेश सांसद करीमा बेगम, सिंहासन साह कलवार, जन्नत अंसारी, भिमा यादव, विरगंज महानगरपालिका मेयर विजय कुमार सरावगी, बिन्दवासिनी गाँउपालिका प्रमुख श्रीलाल साह कानु, जनता समाजवादी पार्टीका नेता रामनरेश यादव, तबरेज अहमद, बहुदरामाई नगरपालिका वडा न. ५ का वडाध्यक्ष असलम आलम, युवा नेता गौरी साह लगायतको उपस्थिति रहेको थियो ।

रोशन यादवले  स्गवागत मन्तव्य राखेकाे कार्यक्रमको सहजीकरण युवा नेता परमा कुमारले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्कटको...

आफ्ना तीन भाइको प्रतीक्षामा रामकुमार

सप्तरी । रामकुमार यादव आफ्ना तीन भाइ एकैपटक घर आउन सक्ने व्यग्र प्रतीक्षामा छन् । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनका यादव परिवारका जेठा छोरा रामकुमारले...

मुक्त हरवा चरवा सङ्घर्ष समितिद्वारा धर्ना स्थगन

जनकपुरधाम । मधेस प्रदेश सरकारको कार्यसम्पादन तथा कार्यविभाजनसम्बन्धी नियमावली परिमार्जन गर्ने प्रक्रिया अघि बढाइने भएको छ । मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री...