Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

चाैरसिया मृत्यु प्रकरण : तेस्राे दिन पनि जिप्रका अगाडी माैन धर्ना

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिन्दवासिनी गाउँपालिका सचिव मुकेश चाैरसियाकाे मृत्युमा संलग्नहरु विरुद्ध जाहेरी दर्ताकाे माग गर्दै तेस्राे दिन पनि जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी प्रदर्शन भएकाे छ ।

नेकपाका नेता तथा कार्यकर्ताहरुले आइतबार तेस्रा दिन जिल्ला प्रहरी कार्यालय अगाडी माैन धर्ना दिएका छन् । उनीहरुले दिउसाे १२ बजेदेखी एक बजे सम्म माैन धर्ना दिदै चाैरसियाकाे हत्या भएकाे भन्दै बिराेध प्रदर्शन गरेका हुन् ।

चाैरसियालाई सहिद घाेषणा गर्नु पर्ने, उनकाे परिवाजनलाई क्षतिपुर्ति दिनु पर्ने, हत्यामा संलग्नहरु विरुद्ध जाहेरी दर्ता गर्नु पर्ने लगायकाे माग गर्दै नेकपाका नेता तथा कार्यकर्ताहरु तिन दिनदेखी आन्दाेलनमा छन् । 

तेस्राे दिनकाे धर्नामा नेकपा प्रदेश २ का सह इन्चार्ज नागेन्द्र चाैधरी, केन्द्रिय सदस्य एंव पर्सा इन्चार्ज रामचन्द्र साह, प्रदेश सदस्य छाेटेलाल यादव, बालकृष्ण थापा, नेता बिचारी यादव, वीरगंज महानगर अध्यक्ष रहबर अन्सारी, अनेरास्वविय पर्साका सह संयाेजक मित्रदेव यादव लगायतका नेता तथा कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।

नेकपा जिल्ला सदस्यसमेत रहेका चाैरसियाकाे गत बिहिबार बिन्दवासिनी गाउँपालिकाकाे सपथ ग्रहण कार्यक्रममा भएकाे झडपमा परी मृत्यु भएकाे थियाे । उनकाे शव अहिले वीरगंजस्थित नारायणी अस्पतालकाे शव गृहमा रहेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...