Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजबाट खैराे हिराेइन र नाइट्राभेटसहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । प्रहरीले वीरगंजबाट लागु औषध खैराे हिराेइन र नाइट्राभेटसहित एक जनालाई पक्राउ गरेकाे छ ।

लागु औषध नियन्त्रण ब्यूराे शाख कार्यालय वीरगंज पर्साबाट प्रहरी नायब निरिक्षक तुल प्रसाद पुडासैनीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं. १६ स्थित रजतजयन्ती चाेकबाट शनिबार विहान १०:३० बजे सुनसरी जिल्लाकाे महेन्द्रनगर गाउँपालिका ४, महेन्द्रनगर निवासी ४० बर्षिय भिम बहादुर दहाललाई पक्राउ गरेकाे हाे ।

शंकास्पद देखिएका दहाललाई राेकी खानतलासी गर्दा निजले लगाएकाे हाफ पाइन्टकाे पछाडीकाे पकेटकाे खल्ती भित्र २ पाेका खैराे हिराेइन र साेही पाइन्टकाे अगाडी पट्टीकाे दाहिने खल्तीमा एक बैन्डल नाइट्राभेट एक पतामा ३० दरले १० पतामा ३०० पिस फेला परेकाेले नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ परेका दहाललाई लागु औषधसहित कारवाही तथा अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएकाे लागु  औषध नियन्त्रण ब्यूराे शाख कार्यालय वीरगंज पर्साले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...