Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्साका थप ११ जनामा काराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्सामा थप ११ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । संक्रमित हुनेमा सबै जना वीरगंज महानगर बासी रहेका छन् ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार गरिएकाे परिक्षणमा पर्साका ११ र बाराकाे २ जनामा काेराेना संक्रमण फेला परेका अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

पर्सा र बाराकाे ७२ जनाकाे स्वाबकाे नमुना आरटी पिसिआर विधिबाट परिक्षण गर्दा ३ महिलासहित १३ जनामा काेराेना पाेजिटिभ देखिएकाे उनले जनाए । संक्रमित हुनेमा २ बर्षिय बालकदेखी ६० बर्षिय वृद्ध सम्म रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १४ देखी ३२ सम्म रहेकाे छ ।

संक्रमित हुनेमा पर्साकाे सदरमुकाम वीरगंज महानगरपालिका वडा नं. ९, १० का एक-एक जना, वडा नं. ११ का ३ जना, वडा नं. १४ का २ जना र वडा नं. १५ का ४ जना रहेका छन् ।

त्यसैगरी, बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १४ का एक जना र वडा नं. २ का एक जनामा काराेना पाेजिटिभ देखिएकाे प्रवक्ता डा. चाैरसियाले वताए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...