Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्साका १७ सहित थप ३५ जना काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका १७ सहित थप ३५ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । 

नारायणी अस्पतालकाे प्रयाेगशालामा बुधबार गरिएकाे परिक्षणमा पर्साका १७, बाराका १६ र राैतहट २ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

पर्साका १२९ सहित कुल १७५ जनाकाे आरटी पिसिआर विधिबाट परिक्षण गर्दा १० महिलासहित ३५ जनामा काेराेना पाेजिटिभ देखिएकाे उनले जानकारी गराए ।

डा. चाैरसियाका अनुसार संक्रमित हुनेमा ८ बर्षिय बालकदेखी ७६ बर्ष वृद्ध सम्म रहेका छन् । उनीहरुकाे सिटी भ्यालु १७  देखी ३४ सम्म रहेकाे छ ।

पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ४,६, ११, १५ का २-२ जना, वडा नं. ५, १२, २४ का एक-एक जना, वडा नं. १० का ३ जना, पाेखरिया नगरपालिकाका एक जना र पर्सागढी नगरपालिकाका २ जना संक्रमित भएका छन् ।

त्यसैगरी, बाराकाे कलैया उपमहानगरपालिका वडा नं. ७ का एक जना, निजगढ नगरपालिकाका १३ जना र काेल्भी नगरपालिकाका २ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...