Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

विद्यालय बाहिर रहेका १६९ किशाेरीहरु विद्यालय भर्ना

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा विद्यालय बाहिर रहेका १६९ किशाेरीहरुलाई विद्यालय भर्ना गरिएकाे छ ।

भिएसओ नेपाल र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित किशाेरी शसक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गतकाे विद्यालय बाहिर रहेका किशाेरीहरुलाई एक कार्यक्रमका विच विद्यालय भर्ना गरिएकाे परियाेजना संयाेजक गणेश ठकुरीले जानकारी दिए ।  

कार्यक्रम अन्तर्गत गठन भएकाे गाउँपालिका स्तरिय लैंगिङ्क शिक्षा संजालकाे सहजिकरणमा १६९ किशाेरीहरुलाई विद्यालय भर्ना गरिएकाे जानकारी गराए । 

गाउँपालिका शिक्षा संयाेजक जितेन्द्र प्रसाद चाैहान चाैहानकाे अध्यक्षतामा भएकाे कार्यक्रममा श्री काली प्रसाद लाखे मावि लंगडीका प्रअ मदन प्रसाद कानु, श्री नेरा मावि भिखमपुरका प्रअ अमरुलाह आलम र श्री अजिज मियाँ आधारभुत विद्यालयका प्रअ हिरालाल साहलाई विद्यालय भर्ना गरिएकाे किशाेरीहरुकाे नमावली हस्तान्तरण गरिएकाे थियाे ।

विद्यालय भर्ना हुनेमा १० देखी १६ बर्ष सम्मकाे किशाेरीहरु रहेकाे परियाेजना संयाेजक ठकुरीले जनाए ।

त्यसैगरी, पर्सा कै पटेर्वा सुगाैली गाउँपालिकामा कृषक महिला समुहका सदस्यहरुको लागि तरकारी खेती सम्बन्धी ३ दिने तालिम आज सम्पन्न भएकाे छ ।

एक्सनएड नेपाल तथा दिव्य यूवा क्लव, पर्साको साझेदारीमा संचालनमा रहेको स्थानीय अधिकार कार्यक्रम अन्तर्गत संचालित तालिम सम्पन्न भएकाे हाे । साे तालिममा पटेर्वा सुगौली गाउँपालीकाको ५ वटै वडाका महिला कृषक समुहका २५ जना सदस्यहरुलाई सहभागिता रहेकाे थियाे ।

श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय सुगौली दा.प.मा संचालित तालिममा पटेर्वा सुगौली गाउँपालीका कृषि शाखाका प्राविधिक गोविन्द चौधरी र मोहन दासले प्रशिक्षण दिएका थिए ।

तालिममा सहभागि महिलाहरुलाई आय आर्जनमा सहयोग गर्नको लागि मुला, काउली, भण्टा लगायतका तरकारीका वीउहरु पनि प्र्रदान गरिएको दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए । समुहमा आवद्ध महिलाहरुलाई आय अर्जनमा सहयोग गर्नको लागि घुम्ती कोषसमेत परिचालन भईरहेको उनले जनाए । जसले महिलाहरुको आर्थिक सशक्तिकरणमा सहयोग गरिरहेको उनकाे भनाई थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ सम्पन्न

वीरगंज । राष्ट्रिय अग्रवाल प्रज्ञा प्रतिष्ठान र वीरगंज टोस्टमास्टर्स क्लबको संयुक्त आयोजनामा ‘ओपन डिबेट एण्ड इम्प्रोम्प्टु स्पिच च्याम्पियनसिप–२०२६’ को फाइनल चरण शनिबार वीरगंजमा सम्पन्न...

वीरगंजमा निषेधाज्ञा हट्यो, आन्दोलन स्थगित भएसँगै जनजीवन सामान्य

वीरगञ्ज । केही दिनयता तनावग्रस्त बनेको वीरगंजकाे अवस्था सामान्य बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी...

वीरगंजकाे रानीघाटबाट प्रदर्शनका क्रममा पक्राउ परेका चारै जना रिहा

वीरगंज । वीरगंजकाे रानीघाट चोकमा टायर बालेर प्रदर्शन गर्ने क्रममा शनिबार बिहान पक्राउ परेका हिन्दू सङ्गठनसँग आबद्ध चार जना युवा साँझ रिहा भएका छन्। सुनसरी...