Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

प्रदेश जनस्वास्थ्यको वार्षिकोत्सवमा डा. सिंह र जनस्वास्थ्य निरिक्षक ठाकुर सम्मानित

spot_img
spot_img

वीरगंज । प्रदेश जनस्वास्थ्यको प्रथम वार्षिकोत्सवको अवसरमा वीरगंजस्थित नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंह तथा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका निरिक्षक जयमोद ठाकुर सम्पानित भएका छन् ।

प्रदेश २ का समाजिक बिकाश राज्यमन्त्रि अभिराम शर्माले कोरोनाको संक्रमणकालमा अग्रपक्तिमा रहेर निरन्तर सेवा प्रवाह गरेकोमा शनिबार कोभिड अस्पतालका संयोजक डा. सिंह तथा जनस्वास्थ्य निरिक्षक ठाकुरलाई सम्मानित गरेका थिए ।

प्रदेशको अस्थायि राजधानी जनकपुरधाममा आयोजित कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्रि लालबाबु राउतले कोरोनाको संक्रमणकालमा अंग्रपक्तिमा खट्ने सम्पुर्ण प्रदेशवासीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै प्रदेश सरकार यस तर्फ गम्भिरता पुर्वक लागी परेको बताए । 
समाजिक विकास मन्त्रालय अन्तर्गत भएको सो कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्रि राउतले जनताको आवश्यक्तालाई विशेष ख्याल गरि स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्ने अहिलेको आवश्क्ता रहेको कुरामा जोड दिए । उनले फोटो खिच्ने तथा अनावश्यक भाषण गर्ने कार्यक्रमको आयोजना गर्नु भन्दा पनि जनताका लागी चाहिने हेल्थ पोष्ट बनाउने देखी सुरक्षाका लागी प्रहरी चौकि बनाउने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । सहि समयमा सुधारको प्रयास गरेनौ भने भाषण गरेर बेरोजगारी जादैन, ‘उनले भने ‘ यसको लागी देखावा गर्ने कार्यक्रममा सुधारको आवश्यक्ता छ ।
कार्यक्रममा प्रदेश २ का ८ वटै जिल्लाबाट कोभिड १९ को संक्रमणकालमा अग्रपक्तिमा खटिएका ४० जना चिकित्सक तथा स्वास्थ्यकर्मी सम्मानित भएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...