Date
शनि, साउन २३, २०८३
Sat, August 8, 2026

वीरगंजस्थित गणेश अपार्टमेन्टमा प्रहरीकाे छापा, २२ किलो सुन बरामद

spot_img
spot_img

वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जस्थित एक घरमा छापामारी गरी ठूलो परिमाणमा अबैध सुन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक गंगा पन्तको नेतृत्वमा खटेको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका – ५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्ल्याटमा छापामारी ठूलो मात्रामा अबैध सुन बरामद गरेको हो ।

भारतको पूर्वी चम्पारण हरैया निवासी भारतीय नागरिक अशोक सिन्हाको फ्लेटमा छापामारी प्रहरीले २२ किलो ५७६ ग्राम सुन तथा २ केजी २६२ ग्राम चाँदीको भाँडाकुँडा बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै विशेष सूचनाको आधारमा २ दिनदेखि फ्लेट धनीलाई प्रतिक्षा गरि रहेकोमा घरधनी नआएपछि शनिबार विहान वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुको रोहबरमा ताल्चा तोडी घरमा खोजतलास गर्दा महिलाले बोक्ने व्यागमा उक्त परिणाममा सुन तथा चाँदी बरामद भएको जानकारी  दिएकाे हाे ।

पत्रकार सम्मेलनमा बरामद गरिएको सुनमध्ये १ केजीको विस्कुट १३ वटा (१३ केजी), मझौला विस्कुट ४६ पिस (८ केजी ५ सय ७६ ग्राम) तथा सानो १ सय ग्रामको १० पिस सुनको विस्कुट १० पिस १ केजी तथा सुनका गरगहनाहरु ६८१ ग्राम गरि २२ केजी ५ सय ७६ ग्राम सुन बरामद भएको छ भने चाँदीको गरगहना एवं भाँडाकुँडा २ केजी २६२ ग्राम बरामद भएको प्रहरी उपरीक्षक पन्तले जानकारी दिइन् ।

उनले बरामद गरिएको सुन तथा चाँदी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ भने उक्त घरबाट केही कागजातहरु पनि फेला परेको हुनाले अनुसन्धान कार्य भइरहेको बताइन् ।

बरामद भएको उक्त अपार्टमेन्ट कसको नाममा हो, कहाँ कहाँका नागरिकहरु बसी रहेका छन् के कसले कुन काम गर्दै आइरहेको छ त्यो अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पन्तको भनाई छ ।

अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक अशोक सिन्हाको फ्ल्याटमा सो सुन फेला परेपनि सिन्हा भने फेला पर्न नसकेको बताइएको छ । सिन्हा भन्सार क्लियरिङ एजेन्टको नाममा सुन तस्करीमा संलग्न रहदै आएको प्रहरीको आशंका छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...