Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

रामनगरीमा एक महिलासहित ३२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । ग्रामिण महिला दिवस तथा हाथ धुने दिवसकाे उपलक्ष्यमा भएकाे कार्यक्रममा एक महिलासहित ३२ जनाले रक्तदान गरेकाे नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरीका सचिव अरबिन्द कुमार साहले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरी, जनहित बचत तथा ऋण सहकारी संस्था लि. रामनगरी र सामुदायिक बिकास स्रोत केन्द्र नेपाल रामनगरीको संयूक्त आयोजनामा भएको कार्यक्रममा अन्तिमा कुमारी तेली, अरबिन्द साह, जयनरेश साह, राजेश प्रसाद, प्रबिन्द साह, रिशी साह, बिजय यादव, संजय साह , बिजय साह, लालबाबु यादव, कृष्णा साह, संजय सहनी, अनु गिरि, मेघराज सहनी, दिपेन्द्र साह लगायतकाले रक्तदान गरेको आयोजक संस्थाका जयनरेश साहले जनकारी गराए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरीका सभापति हरेन्द्र प्रसादको सभापतित्व र बहुदरमाई नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुनिलाल साह तेलिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आयोजक संस्थाका बृजकिशोर पटेल, रामप्रबेश साह, वडा सदस्य हरिन्द्र गिरी, किशारी गोसाई, प्रमशिला देबी, सिता देबी लगायत स्थानिय भद्रभलादमी तथा युवाहरुको सहभागिता रहेको थियो ।

“रक्तदान गरी जिवन दान गरौँ ” भन्ने मुल नाराका साथ रक्त संचार केन्द्र वीरगंजमा मएकाे रक्तको अभाव परिपुर्ति गर्न खुल्ला रक्तदान कार्यक्रम आयाेजना गरिएकाे रक्तदान कार्यक्रम रक्त संचार केन्द्र बीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा नेतृत्वकाे प्राविधिकहरुकाे टाेलीले प्राविधिक सहयोगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...