Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

रामनगरीमा एक महिलासहित ३२ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । ग्रामिण महिला दिवस तथा हाथ धुने दिवसकाे उपलक्ष्यमा भएकाे कार्यक्रममा एक महिलासहित ३२ जनाले रक्तदान गरेकाे नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरीका सचिव अरबिन्द कुमार साहले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरी, जनहित बचत तथा ऋण सहकारी संस्था लि. रामनगरी र सामुदायिक बिकास स्रोत केन्द्र नेपाल रामनगरीको संयूक्त आयोजनामा भएको कार्यक्रममा अन्तिमा कुमारी तेली, अरबिन्द साह, जयनरेश साह, राजेश प्रसाद, प्रबिन्द साह, रिशी साह, बिजय यादव, संजय साह , बिजय साह, लालबाबु यादव, कृष्णा साह, संजय सहनी, अनु गिरि, मेघराज सहनी, दिपेन्द्र साह लगायतकाले रक्तदान गरेको आयोजक संस्थाका जयनरेश साहले जनकारी गराए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा रामनगरीका सभापति हरेन्द्र प्रसादको सभापतित्व र बहुदरमाई नगरपालिका वडा नं. ८ का वडाध्यक्ष पुनिलाल साह तेलिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आयोजक संस्थाका बृजकिशोर पटेल, रामप्रबेश साह, वडा सदस्य हरिन्द्र गिरी, किशारी गोसाई, प्रमशिला देबी, सिता देबी लगायत स्थानिय भद्रभलादमी तथा युवाहरुको सहभागिता रहेको थियो ।

“रक्तदान गरी जिवन दान गरौँ ” भन्ने मुल नाराका साथ रक्त संचार केन्द्र वीरगंजमा मएकाे रक्तको अभाव परिपुर्ति गर्न खुल्ला रक्तदान कार्यक्रम आयाेजना गरिएकाे रक्तदान कार्यक्रम रक्त संचार केन्द्र बीरगंजका प्राविधिक जितेन्द्र कुशवाहा नेतृत्वकाे प्राविधिकहरुकाे टाेलीले प्राविधिक सहयोगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...