Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

नेपाली कांग्रेसका केन्द्रिय सदस्य रिजाल काेराेना संक्रमण मुक्त

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् ।

पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानी निवासी नेता रिजाल काेराेना संक्रमण मुक्त भएकाे नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले वताए । नेता रिजालले दाेस्राे पटक काेराेना परिक्षण गराउदा रिपाेर्ट नगेटिभ आएकाे उनले जानकारी दिए ।

असाेज १७ गते काेराेना पाेजिटिभ भएका नेता रिजाल ९ दिन पछि काेराेना निकाे भएका हुन् । 

काेराेनाकाे कुनै पनि लक्षण नरहेका नेता रिजालले पार्टीकाे केन्द्रिय समितिकाे बैठकमा सहभागि हुन काेराेन परिक्षण गराउनु पर्ने भएकाेले परिक्षण गराउदा रिपाेर्ट पाेजिटिभ आएकाे थियाे । त्यसपछि नेता रिजाल वीरगंज ७ माइस्थानस्थित आफ्नै घरमा हाेम आइसाेलेसनमा बस्दै आएका थिए ।

नेता रिजालले दाेस्राे पटक आइतबार काेराेना परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेगशालामा दिएकाे स्वाबकाे नमुना पिसिआर विधिबाट परिक्षण गर्दा आज रिपाेर्ट नगेटिभ आएकाे हाे । 

नेता रिजाल काेराेना संक्रमित भएपछि कालिकामाई गाउँपालिकामा असाेज २४ गते आयाेजना हुने पार्टी प्रबेश कार्यक्रमसमेत स्थगित गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...