Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

मोटरसाईकल र साईकल एक आपस्मा जुध्दा ४ जना घाइते

spot_img
spot_img

जीराभवानी । ठोरी गाउँपालीकाकाे वडा नम्बर -४ मालीबस्तीमा आज दिउँसो मोटरसाईकल र साइकल ठोक्किदा मोटरसाईकल र साइकलमा सवार ४ जना घाइते भएका छन् ।

वडा ४ को मालिवस्ती नजिकैको हुलाकी सडकमा विजयवस्तीबाट मालिवस्तीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बिआर ए ई ९५१५ को मोटरसाइकलले विपरित दिशाबाट आउदै गरेको साइकललाई ठक्कर दिएको विजयवस्ती प्रहरी चौकीले जनाएको छ ।

ठक्करबाट साइकलमा सवार ठोरी-३, ब्रम्हानगरका आयुष श्रेष्ठ गम्भिर घाइते भएको विजयवस्ती प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सुदामा प्रसाद यादवले बताए । श्रेष्ठको टाउकोमा चोट लागेको छ ।

यस्तै, दुर्घटनामा मोटरसाइकल चालक छिपहरमाई गापा -३ का राजेश साहको पनि हात भाँचिएकाे प्रसनि यादवले जनाए ।
घाइते दुबै जनालाई उपचारका लागि बीरगंजस्थित न्युरो अस्पताल पठाईएको उनले बताए ।

मोटरसाईकल र साइकलमा पछाडी सवार अन्य २ जनालाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

सो मालीबस्ती सडक खन्डमा असोज महिना भित्रमा चार ओटा सवारी दुर्घटना भैसकेको प्रहरीले जनाएको छ । साथै एक जनाको मृत्यु समेत भैसकेको छ । प्रहरीका अनुसार सो सडक खण्ड पुरै खुला र चौक चौराहा घना बस्ती नभएको कारण सवारी चालकहरुले ओभर स्पीडमा सवारी चलाउदा अतियाधिक दुर्घटना हुने गरेको पाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...