Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

काेराेना भाइरस विषयक वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी र जगरनाथपुर गाउँपालिकामा “काेराेना भाइरसका कारण शिक्षामा परेकाे अवसर” विषयक वक्तृत्वकला प्रतियाेगिता आइतबार सम्पन्न भएकाे छ ।

भिएसओ नेपाल र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित किशाेरी शसक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय बालिका दिवसकाे अवसरमार धाेबिनी गाउँपालिकाकाे श्री कालि प्रसाल लाखे माध्यमिक विद्यालय लंगडी र जगरनाथपुर गाउँपालिकाकाे गाउँ कार्यपालिकाकाे कार्यालय जगरनाथपुरमा भएकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

धाेबिनी गाउँपालिकामा भएकाे प्रतियाेगितामा बबिया खातुन प्रथम, नेहा खातुन द्वितिय र सबुलम खातुन भएका हुन् ।

वडा नं. ४ का वडाध्यक्ष मजिद मियाँकाे अध्यक्षतामा भएकाे कार्यक्रममा विद्यालयका प्रअ मदन प्रसाद कानु, भिएसाे नेपालका जिल्ला अधिकृत देबी न्याैपा, आदित्य पटेल लगायतकाले मन्तव्य राखेका थिए ।

यस्तै जगरनाथपु गाउँपालिकामा भएकाे प्रतियाेगितामा नुरवानी खातुन प्रथम, सुगान्धि कुमारी द्वितिय र खुसबुन खातुन तृतिय भएकाे परियाेजना संयाेजक गणेश ठकुरीले वताए । 

परियाेजना संयाेजक ठकुरीकाे अध्यक्षता र वडा नं. २ का अध्यक्ष बिहारी महताेकाे प्रमुख आतिथ्यतामा प्रतियाेगिता भएकाे थियाे ।

प्रतियाेगितामा किशाेरी सशक्तिकरणकाे लागि विद्यालय बाहिर रहेका किशाेरीहरुलाई मध्यनजर गर्दै संचालन भइरहेकाे वृज कक्षामा अध्ययनरत ३२ जना किशाेरीहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...