Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

वीरगंजबाट लागु औषध ईन्जेक्सन बाेकेकाे ट्रकसहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले बीरगंज महानगरपालिकाकाे वडा नं.२४ बहुअरी चोकस्थित रामगढवा सडक खण्डबाट शनिबार राति लागु औषध इन्जेक्सनसहित ट्रक पक्राउ गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय सुगौली विर्ताले राति १० बजे एचआर ३८ भि ४८९५ नम्बरकाे नम्बरको ट्रक रोकी चेक चांज गर्ने क्रममा लागु औषध इन्जेक्सन बरामद भएपछि ट्रक र ट्रकका चालकसहित ३ जनालाई नियन्त्रणमा लिएकाे हाे ।

बिशेष सूचनाको अधारमा खटेकाे प्रहरी टाेलीले बीरगंज आइसिपी गेटबाट जाँचपास भई आएका ट्रक चेकजाँच गर्दा उक्त ट्रकको चालक क्यावीनबाट, चालक बस्ने सिट पछाडीको सिटमुनी तथा सोही क्यावीनको माथिको बर्नटको क्यावीनमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध नुर्फिन २९७ एम्पुल ईन्जेक्सन, फेनारगन २९७ एम्पुल ईन्जेक्सन, डाइजेपाम २९७ एम्पुल ईन्जेक्सन (जम्मा ८९१ एम्पुल) र Wincirex 100 ml को १२०६ बोत्तल बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

ट्रकबाट लागु औषध बरामद भएपछि ट्रक र ट्रक चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया वडा नं.४ निवासी बर्ष २० को बिक्रान्त पटेल, सोही ट्रकमा सवार साेही ठाउँ निवासी बर्ष २८ को रामबालक राम र साेही ठाउँ निवासी बर्ष २० को आकाश कुमार राम समेतलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी कार्यालयले जनाएकाे छ ।

लागु औषध नियन्त्रण सम्बन्धी ऐन २०३३ को दफा १४ (१) को (झ) अनुसार माथि उल्लेखित कसुरदारलाई २ बर्ष देखि १० बर्ष सम्म कैद र रु एक लाख देखि रु बीस लाख सम्म जरिवाना हुने व्यवस्था छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...