Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सांसद यादवद्वारा ढलान सड़क तथा नाला उद्घाटन

spot_img
spot_img

 बीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १८ भवानीपुर ईनरवा टोलमा निर्माण भएकाे सड़क ढलान तथा नालाको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले उद्घाटन गरेका छन ।

स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत संसदीय कोषबाट सम्पन्न भएको सड़क ढलान तथा नाला निर्माण कार्यको आज एक कार्यक्रम का बिच सांसद यादवले उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले सबैको सहयोगले मात्र बिकास निर्माण कार्यको गती बढ़ने बताए । उनले आफुले यस क्षेत्रको विकासको लागि जनताको जनचाहना अनुरुप विकास कार्यहरू शुरू गरेको जनाए ।

अगामी दिनहरूमा पनि यस वडाको विकासको लागि नयाँ योजनाहरू बनाएर बिकास कार्यलाई निरन्तरता दिईने बताए । कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी, जनता समाजवादीका नेता उमाशंकर तिवारी, ओमप्रकाश साह, मोहन राउंत कुर्मी, सांसद प्रतिनिधि घनशयाम गुप्ता लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...