Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

परसोतीपुरमा सांसद यादवद्वारा निर्माण ढलान सड़कको उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३० को परसोतीपुरमा निर्माण भएकाे ढलान सड़क तथा नालाको सांसद प्रदिप यादवले उद्घाटन गरेका छन ।#

स्थानीय पूर्वाधार विकास कार्यक्रम संसदीय निर्वाचन क्षेत्र न.१ पर्साको बिकास कोष तथा विरगंज महानगरपालिकाको साझेदारीमा ४० लाखको लागतमा निर्माण सम्पन्न सड़क तथा नालाको बिहिबार एक कार्यक्रमका विच सांसद यादवले समुदघाटन गरेका हुन ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले पञ्चायत कालदेखी अहिले सम्म यो सड़कमा ढलान बाटो नबनेको बताउदै आफुले यस क्षेत्रको विकासको लागि जनताको जनचाहना अनुरुप विकास कार्यहरू अगाडी बढाएको बताए ।

उनले अगामी दिनहरूमा पनि यस वडाको विकासको लागी नयाँ योजनाहरू बनाएर बिकास कार्यलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा प्रदेश सांसद जन्नत अंसारी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...