Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

पटेर्वा सुगाैली गापाबाट गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वासुगौली गाउँपालिका वडा नं.५ देउरियाबाट लागु औषध गाँजासहित एक जनलाई प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट गएकाे प्रहरी टाेलीले साेही ठाउँ निवासी वर्ष ४० को राज ओझैयालाई पक्राउ गरेकाे हाे । गाेप्य सूचनाकाे आधारमा गएकाे प्रहरी टाेलीले बिहिबार विहान ३ बजे चेकजाँच गर्ने क्रममा निजकाे घरमा १३१ के.जी. ला.औ. गाँजा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

ला.औ. गाँजा लुकाइ-छिपाई राखेको छ भन्ने गोप्य सुचनाका आधारमा गएकाे प्रहरी टोलिले चेकजाच गर्दा निजकाे घरमा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध गाँजा १३१ के.जी. फेला परेकोले उक्त ला.औ. गाँजासहित निज ओझैयालाई नियन्त्रणमा लिइएर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका ओझैया वडा सदस्य दु:खि ओझैयाका छाेराे हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...