Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्साका ८ सहित थप १९ जनामा काेराेना संक्रमण

spot_img
spot_img

वीरगंज । पर्साका ८ सहित थप १९ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालकाे प्रयाेगशालामा बुधबार गरिएकाे परिक्षणमा पर्साका ८, बाराका १० र सिराहा एक जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए ।

प्रवक्ता डा. चाैरसियाका अनुसार संक्रमित हुनेहरुकाे सिटि भ्यालु १४ देखी २८ सम्म रहेकाे छ ।

पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ३ का ५२ बर्षिय पुरुष, वडा नं. ८ का ३४ बर्षिय पुरुष, वडा नं. १० का ३८ र ३९ बर्षिय पुरुष, वडा नं. १२ का ४२ बर्षिय पुरुष, वडा नं. १३ का ७४ बर्षिय पुरुष, वडा नं. २० का ३२ बर्षिय पुरुष र २६ बर्षिय महिला संक्रमित भएका छन् ।

त्यसैगरी, बाराकाे करैयामाई गाउँपालिका वडा नं. ८ का २२ बर्षिय पुरुष, कलैया उपमहानगरपालिका वडा नं. ५ का २८ बर्षिय पुरुष, प्रसाैनी गाउँपालिका वडा नं. २ का ३८ बर्षिय पुरुष, निजगढ नगरपालिका वडा नं. ६ का ४५ बर्षिय पुरुष, जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं. १४ का ३५ बर्षिय पुरुष, वडा नं. ७ का ३४ बर्षिय पुरुष, वडा नं. २ का ५७ बर्षिय पुरुष, सुर्वण गाउँपालिका वडा नं. २ का ३८ बर्षिय पुरुष, परवानीपुर गाउँपालिका वडा नं. ५ का १६ बर्षिय पुरुष संक्रमित भएका हुन् ।

बारा कै एक जना संक्रमितकाे ठेगाना र उमेर खुल्न सकेकाे छैन् ।

सिराहाकाे लहान नगरपालिका वडा नं. ८ का ३३ बर्षिय पुरुषसमेत काेराेना पाेजिटिभ रिपाेर्ट आएकाे प्रवक्ता डा. चाैरसियाले वताए ।बुधबार कुल १९६ जनाकाे स्वाब आरटी पिसिआर विधिबाट परिक्षण गरिएकाे डा. चाैरसियाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...