Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

बिन्दवासिनि गाउँपालिकामा युवा सञ्जाल गठन

spot_img
spot_img

वीरगञ्ज । पर्साको बिन्दवासिनि गाउँपालिकामा आज युवाहरुकाे एक भेलाले युवा संजाल गठन गरेकाे छ । गाउँपालिकाकाे वडा नं. ३ इटियाहीमा भएकाे भेलाले मधुसुदन चाैरसियाकाे संयाेजकत्वमा १ सय ५ सदस्यीय युवा सञ्जालकाे गाउँपालिका स्तरिय समिति गठन गरेकाे हाे।

जुन समितिकाे सदस्यहरुकाे गौरीशंकर ठाकुर, रन्जित पटेल, रबि दास, अमरजित चौरसिया, धर्मेन्द्र पटेल, भानु साह कानु, सुर्यमोहन चौरसिया, भुपेन्द्र सहनी, रोशन चौरसिया लगायतका रहेका छन् ।

गाउँपालिकामा हुने भ्रष्टाचार, अनियमितता तथा विकृति विरुद्ध आवाज उठाउन र बिकास निर्माणका गतिविधिहरुमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभिप्रायले समिति गठन गरिएको संयोजक चौरसियाले बताए ।

युवा सञ्जालमार्फत अब गाउँपालिकामा शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रको सुधार तथा विकास निर्माणका कार्यहरुको निरन्तरतामा बिशेष ध्यान दिने सञ्जालका सदस्यहरुले बताएका छन् ।

रविन्द्र कुमार दासको अध्यक्षता र अमित यादवकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा स्थानीय प्रभु चौरसिया, शिववालक दास, योग्यराज यादब, जिउना चौरसिया, जहिर आलम, सद्धाम हुसैन, ओमप्रकाश साह लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजिकरण स्थानीय युवा सुनिल दासले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...