Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

ट्रकमा लागु औषध गाँजा बरामद

spot_img
spot_img

वीरगंज । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित सडकबाट ट्रकमा लागु औषध गाँजा बरामद भएकाे छ ।

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको चेकिङ प्रहरी टोलीले पथलैयाबाट वीरगंजतर्फ आउँदै गरेको ना ७ ख ९४५४ नं. को ट्रकमा एक सय ४७ किलाे ग्राम लागु औषध गाँजा बुधबार विहान ३ बजे बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

प्रहरी चेकिङ टोलीलाई देखी बिच बाटोमा नै रोकी छोडी चालक, सह-चालक समेत भागेकोले शंका लागी उक्त ट्रक प्रहरीले चेकजाँच गर्दा ट्रकको पछाडी ढालामा लुकाई छिपाई  राखेको अवस्थामा ७ ओटा बोरामा १४ पोका (१४७ किलो ग्राम) अवैध लागू औषध गाँजा फेला परेको प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गाैतम मिश्रले जानकारी दिए ।

फेला परेको अवैध लागू औषध गाँजा र ट्रक रीतपूर्वक बरामद गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याई उक्त कार्यमा संलग्न भई फरार रहेका व्यक्तिको खोजतलास लगायतको थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरिक्षक मिश्रले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...