Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

कालिकामाईबाट लागु औषधकाे आराेपमा एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा कालिकामाई गाउँपालिकाकाे वडा नं. १ टिनडाेवियाबाट एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक दिपक थापा नेतृत्वकाे प्रहरी टाेलीले मंगलबार राति १०:३० वजे टिनडाेविया निवासिय २९ वर्षिय खोवारी प्रसादलाई पक्राउ गरेकाे हाे ।

उनले आफ्नाे घरमा लागु औषध अफीम लुकाइ-छिपाई राखेको छ भन्ने गोप्य सुचनाकाे आधारमा ईप्रका पोखरीयाबाट प्रहरी टोलि खटि गई चेकजाच गर्दा निजको साथवाट ला.औ.अफिम जस्तो देखिने पदार्थ ८ के.जि. फेला परेकोले उक्त पदार्थसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

निजलाई ईप्रका पाेखरियामा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरी कार्यालय पर्साले प्रेस विज्ञप्तीमार्फत जनाएकाे छ ।

यता पक्राउ परेका खाेवारीकाे घरबाट अफीम बरामद नभएकाे स्थानियहरुले वताएका छन् । अन्य कुनै ठाउँमा अफीम बरामद भएपछि प्रहरीले खाेवारीलाई उनकाे घरबाट पक्राउ गरि लगेकाे स्थानियहरुकाे भनाई छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीका तीन विद्यालयले समावेशी विद्यालय सुधार योजना कार्यान्वयन गर्ने

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकामा विद्यालय सुधार योजना (एसआईपी) लाई समावेशी र प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

पर्सा आउँदै एमाले महासचिव पोखरेल, क्षेत्र नं. ३ को शुभकामना कार्यक्रममा सम्बोधन गर्ने

वीरगंज । नेकपा एमालेका महासचिव शंकर पोखरेल पर्सा आउने भएका छन् । विजया दशमीको अवसरमा एमाले क्षेत्रीय समन्वय कमिटी, क्षेत्र नं. ३ को आयोजनामा...

मधेसका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण’ सुरु

बर्दिबास । नेपाली सेना र सञ्चारजगतबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि...