Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

एम्बुलेन्स चालक र बिरामीहरुलाई स्वास्थ्य सामग्री वितरण

spot_img
spot_img

वीरगंज । रसायन तथा मेडिकल आपूर्ति संघको प्रदेश २, मुख्य कार्यालय पर्साले एम्बुलेन्स चालक, सुत्केरी, बिरामी तथा पत्रकारलाई स्वास्थ सुरक्षार्थ सामग्री वितरण गरेको छ । 

संघको १६ औँ स्थापना दिवसको अवसरमा मंगलबार नारायणी अस्पतालका एम्बुलेन्स चालक, प्रसुति गृहका गर्भवती तथा सुत्केरी, बालबालिका बिरामी लगायत सञ्चारकर्मीहरुलाई स्वास्थ सुरक्षार्थ सामाग्री लगायत फलफुल वितरण गरेको हो ।

विश्व व्यापिरुपमा फैलिएको कोरोनाको महामारीको समयमा अग्रपंक्तिमा खटिने एम्बुलेन्स चालक तथा सञ्चारकर्मीलाई प्रोत्साहन स्वरुप एन ९५ मास्क, सर्जिकल मास्क, सेनिटाइजर, ग्लब्स, पीपीइ, फेस सिल्ड लगायतका सामग्री वितरण गरिएको संघका सदस्य शिवहरी तिवारीले जानकारी दिए ।

त्यसैगरी संघले स्थापना दिवसको अवसरमा नारायणी प्रसुति गृहमा रहेकी सुत्केरी महिला बाल गृहका बालबालिका तथा अस्पतालमा अपचारारर्थ असहाय गरिब विरामीहरुलाई फुट कभर, सेनिटाइजर, मास्क, सेनिटरी प्याड, फलफुल लगायतका सामग्री वितरण गरिएको उनले वताए ।

सो कार्यक्रममा संघका संयोजक साकेत भंगर, सदस्य दिपक अग्रवाल, शिव गुप्ता, सुमित क्याल, प्रमोद साह, प्रविन झा प्रशान्त शर्मा, सुरेश साह प्रवेश चौधरी , अमित कर्ण लगायतको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...