Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

पर्साका ३ सहित थप ८ जनामा काेराेना संक्रमण पुष्टि

spot_img
spot_img

वीरगंज । पर्साका ३ सहित थप ८ जनामा काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । 

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयाेशालामा आइतबार गरिएकाे परिक्षणमा पर्साका ३ जना, बाराका ४ जना र सर्लाहीका एक जना गरि ८ जनामा काेराेना संक्रमण फेला परेकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए ।

प्रवक्ता डा. चाैरसियाले दिएकाे जानकारी अनुसार पर्साकाे जिराभवानी गाउँपालिका वडा नं. ३ का २४ बर्षिय पुरुष, वडा नं. १ का ३८ बर्षिय पुरुष र वीरगंज महानगरपालिकाकाे वडा नं. ११ २७ बर्षिय पुरुष संक्रमित भएका छन् ।

त्यसैगरी, संक्रमित हुनेमा बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ का २८ बर्षिय पुरुष, करैयामाई गाउँपालिका वडा नं. १ का २२ बर्षिय पुरुष, कलैया उपमहानगरपालिकाकाे वडा नं. ७ का बर्षिय पुरुष र वडा नं. ११ का ५५ बर्षिय पुरुष रहेका छन् ।

त्यसैगरी, संक्रमित हुनेमा सर्लाहीकाे बलरा नगरपालिका वडा नं. ११ का २७ बर्षिय पुरुष रहेका छन् ।

संक्रमितहरुकाे सिटी भ्यालु १८ देखी ३० सम्म रहेकाे छ । आइतबार पर्साका ८४ र बाराका १३ जनाकाे स्वाबकाे नमुना पिसिआर बिधिबाट परिक्षण गरिएकाे प्रवक्ता डा. चाैरसियाले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...