Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

सजना बनिन् ब्युटिसियन नेपाल–२०२०

spot_img
spot_img

वीरगंज । अमाजोन इन्टरटेनमेन्टले सञ्चालन गरेको ‘ब्युटिसियन नेपाल–२०२०’ को उपाधि सजना खतिवडाले जितेकी छिन् । 

सोमबार राजधानीको म्युजिक सिटि स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सजनाले उपाधिसहित विधागत तर्फको मस्ट कन्फिडेन्टको अवार्ड उचाल्दा फस्ट रनरअप निलम तामाङ्ग चयन भईन। विधागततर्फ निलमले मस्ट स्मार्टको उपाधी हात पार्दा सेकेन्ड रनरअपको उपाधि सोफिया थिङ्गले उचालिन। विधागत तर्फ भने सोफियाले बेस्ट पर्सनालिटिको अवार्ड हात पारिन  ।

त्यसैगरी कमल खतिवडाको निर्देशनमा संचालित उक्त कार्यक्रममा ग्लोवल अनलाईन पे मार्फत गरिएको डिजिटल भोटिङमार्फत सर्वाधिक भोट प्राप्त गर्दै मस्ट पपुलरको उपाधी बिनिता ताजपुरियाले हात पार्न सफल भईन । 

यस्तै दिक्पाल कार्कीले संचालन गरेको उक्त कार्यक्रममा  ‘सवटाइटल अवार्ड’ तर्फ बिनिता ताजपुरिया बेस्ट ट्यालेन्ट, आशा माया तामाङ्ग बेस्ट चार्मिङ, मनिला सुनार बेस्ट कम्प्लेक्सन  अवार्ड, जमुना मगर बेस्ट फोटोजेनीक अवार्ड, जमुना तामाङ्ग बेस्ट क्याटवाक अवार्ड हातपार्न सफल रहे ।

प्रतियोगितात्मक कार्यक्रमले  महिला ब्युटिसियनको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने मिडियाकी प्रबन्ध निर्देशक हिमानी सुब्बाले बताईन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...