Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

काेराेना प्रभावितलाई राहत वितरण

spot_img
spot_img

वीरगंज । छाँया नेपालले वीरगंज महानगरपालिकाकाे वडा-३१ मा आज राहत वितरण गरेकाे छ । पिसफोर दलित फाउन्डेसन नेपालको पहलमा एक कार्यक्रमका बिच वडाका ५० घरधुरीलाई राहत वितरण गरिएको हाे ।

राहतमा चामल  २४ किलाे, दाल २ किलाे, चिनी १ किलाे, नुन १ किलाे, तेल १ लिटर, साबुन २ पिस वितरण गरिएको दलित फाउन्डेसनका अध्यक्ष मनाेज रामले वताए ।

काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लामाे बन्दाबन्दीमा प्रभावित गरिब, विपन्न र दलित परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरिएकाे उनले जानकारी गराए ।

वीरगंज महानगरपालिकाे वडा नं. ३१ का वडाध्यक्ष चुमन दास चौधरीकाे अध्यक्षता र सामाजिक अभियान्ता प्रकाश थारु चौधरीकाे प्रमुख आतिथ्यतामा भएकाे राहत वितरण कार्यक्रममा छाँया नेपालको प्रतिनिधि हिरालाल चौधरी, स्थानीय दलित अगुवा अजय पासवान, जितेन्द्र हजारा, रामवतार पासवान, लक्ष्मी हजारा, धयानी राम, सन्जोग राम लगायतकाे उपस्थिति रहेकोे थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...