Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

ममता राजकर्णीकारको निधन

spot_img
spot_img

वीरगंज । क्रेष इन्टरनेशनल स्कूलकी प्रधानाध्यापिका ममता राजकर्णीकारको निधन भएको छ । पाठशाला नेपालको सह सचिव र वूमेन स्कील सेन्टरकी संस्थापक समेत रहेकी उनकाे काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिबार दिउसो निधन भएको हो । 

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई उपचारकोलागि काठमाण्डो लगिएको थियो । पछि कोरोना संक्रमण मुक्त भएपनि श्वास प्रश्वासमा समस्या रहेकोले उनलाई ग्राण्डी अस्पतालको अति सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । 

यस अघी उनकी ममतामयी आमा केदारनानी  राजकर्णीकारको निधन भएको थियो । उनमा पनि  कोरोना संक्रमण पुष्टि भएको  थियो । त्यसको केही दिन अगाडि उनकाे भाई बिजय राजकर्णीकारको निधन भएको थियो । राजकर्णीकार बीरगंज जेसीजका पूर्व अध्यक्ष समेत थिए ।

राजकर्णीकार परिवार बीरगंजको ब्यपार ब्यवसाय, शिक्षासंगै सामाजिक क्षेत्रमा पनि सहभागिता रहेकाे छ । 

राजकर्णीकारको शुक्रबार काठमाडौँस्थित पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । राजकर्णिकार नेपाल अपाङ सघ पर्सासहित वीरगञ्जको विभिन्न संघ संस्थामासमेत आबद्ध रहेकी थिइन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...