Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

नेपालमा काेराेना संक्रमितकाे संख्या ६५ हजार नाघ्याे

spot_img
spot_img

काठमाडौँ । नेपालमा काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या ६५ हजार नाघेकाे छ । पछिल्लो २४ घन्टामा नेपालमा थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै काेराेना संक्रमितकाे संख्या ६५ हजार नाघेकाे हाे ।

 

सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले वताए । जसमा सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।

 
 
 

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४७ हजार २ सय ३८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ५ रहेको छ । योसँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ ।

 
 
 

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट ९ लाख २३ हजार ८२३ परीक्षणहरु गरिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...