Date
शुक्र, साउन १, २०८३
Fri, July 17, 2026

वीरगंजमा १९२ काे स्वाब परिक्षण गर्दा ५ जना काेराेना पाेजिटिभ

spot_img
spot_img

वीरगञ्ज । पर्सामा सोमबार एक जना मात्र काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

नारायणी अस्पतालको प्रयोशालामा पर्साको विभिन्न स्थानबाट ल्याइएको १ सय ७७ जनाको स्वाबको नमुनालाई पिसिआर प्रविधिमार्फत परिक्षण गर्दा एक जनामा मात्र संक्रमण देखिएकाे अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । संक्रमित व्यक्ति ३८ बर्षिय पुरुष रहेकाे उनले जनाकारी गराए । 

प्रवक्ता डा. चाैरसियाका अनुसार आइतबार राती कुल १ सय ९२ जनाको स्वाबको नमुना परिक्षण गर्दा ५ जनामा संक्रमण देखिएकाे हाे । जसमा पर्सा, बारा, सर्लाहीका एक-एक जना र भारतिय नागरिक २ जना रहेका छन् ।

बाराबाट आएकाे १५ जनाकाे स्वाबलाई परिक्षण गर्दापनि एक जना संक्रमण देखिएकाे हाे ।

सोमबार संक्रमण पुष्टि भएका सबै संक्रमित ३८ वर्षदेखि ५९ वर्षसम्मका पुरुष रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३२ सम्म रहेको डा. चौरसियाले बताए ।

योसँगै पर्सामा हालसम्म २ हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ९ सय ९६ जना संक्रमणमुक्त भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वर्षाले रोक्न सकेन गहवामाई रथयात्राको उत्साह, एक लाखभन्दा बढी श्रद्धालुको सहभागिता

वीरगंज । वीरगंजस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उत्साहका साथ भव्य तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।...

अविरल वर्षाको कहर : पर्सामा चट्याङ, बाढी र डुबानले जनजीवन प्रभावित, १० जना घाइते

सेढवा । पर्सा जिल्लामा गएरातिदेखि परेको मेघगर्जनसहितको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । चट्याङ, बाढी र डुबानका कारण सर्वसाधारणसँगै किसानहरू पनि समस्यामा परेका...

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...