Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

डा. गोबिन्द केसीको माग पूरा गराउन युथ कांग्रेस पर्साकाे ज्ञापन

spot_img
spot_img
वीरगंज । स्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनका लागि लामो समयदेखि संघर्ष गरिरहेका डा. गोबिन्द केसीकाे माग पूरा गराउन युथ कांग्रेस नेपाल पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे छ ।
 
ज्ञापन पत्रमा १९ औं पटक सत्याग्रहमा बसेका डा. केसीसंग प्रत्येक पटक सरकारले सम्झौता गर्दै आएको तर सम्झौता कार्यान्वयन नगरेका कारण पटक पटक सत्याग्रहमा बस्न बाध्य भएकाेले उनकाे मागहरु यथासिघ्र पुरा गरी जीवन रक्षा गर्न माग गरिएकाे छ ।
 
यसका साथै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गरियोस्, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार जनशक्ति पुर्याएर पठनपाठन शुरू गरियोस्, प्रदेश नं. २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस्, मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् भने पनि माग गरिएकाे छ ।
यस्तै कोभिङ तथा अन्य रोगका सबै बिरामीहरुका लागि उचित उपचारको व्यवस्था गर्न, २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्न र त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
 
यस्तै राज्य लक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइड बडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समुहको औषधि खरीद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवाही गर्नसमेत माग गरिएकाे छ ।
 
युथ कांग्रेस पर्साका संयोजक सुमेश्वर साहकाे नेतृत्वमा ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालयमा युथ कांग्रेस नेपालका प्रदेश नं. २ का सचिब आरयन ठाकुर, प्रदेश सदस्य राहुल गुप्ता, पर्सा जिल्ला सदस्य सुमित गुप्ता लागयतका पुगेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...