Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

प्रशासनले सिमानाकामा कडाई गरोस : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले भारतसंग जोडिएको पर्साको सबै सिमानाकामा व्यापक रुपमा कडाई गर्न स्थानीय प्रशासनलाई सुझाव दिएका छन ।

जिल्ला समनव्य समिती पर्साको सभाहलमा आयोजित आयुर्वेदिक औषधी हस्तानतरण कार्यक्रममा बोल्दै सांसद यादवले पर्सा जिल्लाको खुला सिमानाकाहरुबाट मानिसको आवत जावत बढेको बताउदै स्थानीय प्रशासनलाई कडाई गर्न आग्रह गरे । सिमाको अवस्था नाजुक रहेको बताउदै सांसद यादवले भने म स्वयम सशस्त्रका डिआईजी तथा स्थानीय सरक्षा निकायका प्रमुख सहितको टोली लिएर सिमाको अनुगमन गरेको थिए । अनुगमन गरिएको समय एउटा सियो पनि यता उता भएन तर हामी फर्के पछि पुन सिमा क्षेत्रमा चहल पहल भइरहेको गुनासोहरु आएको सुनाए ।

सिमा सिल भएपनि मानिसको ओहोर दोहोर रोकिएको छैन, स्थानीय प्रशासनले तत्काल सिमा नाकामा कडाई गर्नु पर्ने आवश्यक देखेको छु सांसद यादवले भने । सिमा नाकामा कडाई नगर्दा विगतमा वीरगञ्जमा कोरोना संक्रमणको अवस्था भयावह भएको थियो । यदी त्यस घटनाबाट पाठ सिकेर अहिले सिमा नाकामा पुरै कडाई गर्न सकिएन भने पर्साको अवस्था पुन: भयावह हुन सक्ने भएकोले स्थानीय प्रशासनले सिमानाकामा थप कडाई गर्नु पर्ने उनले सुझाए ।

पर्सामा अहिले निषेधाज्ञा केही खुकुलो भएपनि कोरोना संक्रमण खत्म भयो भनेर निष्फीक्री भएर बस्ने अवस्था नरहेको बताउदै सांसद यादवले भने हामी अहिले पनि सतर्क र सचेत रहेर सरकारले दिएको गाइड लाइनको पालना गर्न आम सर्वसाधारणलाई आग्रह गरे । उनले लकडाउनको सुरुदेखी नै आफुले सक्दो सहयोग गरेको बताउदै अगामी दिनमा पनि आफ्नो सहयोग निरन्तर जारी रहने जिकिर गरे ।

कार्यक्रममा बोल्दै जिल्ला समनव्य समिती पर्साका प्रमुख नेक महमद अंसारीले कोभिड अस्पतालको साथ साथै होम आइसोलेशनमा रहेकाहरुलाई पनि आयुर्वेदिक औषधी दिन आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र वीरगञ्ज पर्साले कोभिड एक्शन टिम क्याटको पहलमा अस्थायी कोभिड गण्डक अस्पताललाई आयुर्वेदिक औषधी हस्तानतरण गरेकाे थियाे ।

साे अवसरमा स्वास्थ्य केन्द्र वीरगंजका प्रमुख डा रमेश मिश्रा, डा. दिपक चौरसीया, क्याटका सदस्य तबरेज अहमद, सञ्जीव मिश्रा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण समाजवादी पार्टीका युवा नेता निखिल वर्णवालले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...