Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्साका ६ सहित थप ५२ जनामा काेराेना पुष्टि

spot_img
spot_img

वीरगंज । नारायणी अस्पतालकाे प्रयाेगशालामा शुक्रबार राति गरिएकाे परिक्षणमा ५२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

१५२ जनाकाे स्वाबकाे नमुना परिक्षण गर्दा ११ महिलासहित ५२ जनामा काेराेना संक्रमण फेला परेकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले जानकारी दिए । संक्रमित हुनेमा ४ महिने बालकदेखी ६८ बर्षिय वृद्धसम्म रहेका छन् ।

संक्रमितहरुकाे सिटी भ्यालु १५ देखी ३५ सम्म रहेकाे प्रवक्ता डा. चाैरसियाले वताए । उनका अनुसार पर्साका ६ जना, बाराका ४५ जना र सर्लाहीका एक जना संक्रमित भएका हुन् ।

पर्साकाे वीरगंज महानगरपालिका वडा नं. ३ र १९ का एक-एक जना र बाल सुधार गृहका ३ जनामा संक्रमण देखिएकाे छ । संक्रमित हुने एक जनाकाे ठेगाना खुलेकाे छैन ।

त्यसैगरी बाराको बारागढी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बारागढीमा ८ जना संक्रमित थपिएका छन् । सोहि गाउँपालिकास्थित अठहइ प्रहरी चौकीमापनि एक जना, बारागढी कै सिखी पठराहमा दुई जना र श्रीपुरमा एक जनामा संक्रमण पुष्टि भएको छ । बारामा थपिने अन्य सबै संक्रमित सदरमुकाम कलैयाका बासिन्दा हुन् ।

त्यसैगरी सर्लाहीको एक जनामा पनि संक्रमण देखिएकाे प्रवक्ता डा. चौरसियाले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...