Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

कालिकामाईका ५ सहित पर्सामा थप १४ जनामा काेराेना पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्सामा थप १४ जना कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । पर्सामा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितकाे संख्या फेरी बढ्न थालेको छ । पछिल्लो केही दिनदेखि घट्दै गएको कोरोना सङ्क्रमित फेरी बढ्न थालका हुन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोशालामा बिहिबार राति गरिएको परीक्षणमा थप २४ जनामा कोरोना संक्रमण फेला परेकाे छ । जसमध्ये पर्साका १४ जना,  बारा ६ जना र राैतहटका ४ जना रहेका छन् । 

बुधबार पनि पर्सामा १७ जना काेराेना संक्रमण फेला परेकाे थियाे ।

पर्सा, बारा र रौतहटको विभिन्न स्थानबाट आएकाे २ सय ८८ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा ६ महिलासहित २४ जनामा काेराेना पाेजिटिभ देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

थपिएका संक्रमितहरुको सिटि भ्यालु १५ देखि ३४ सम्म रहेको उनले जानकारी गराए ।

पर्सामा थपिएका संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका ३ जना, सखुवा प्रसाैनी गाउँपालिकाका एक जना, कलिकामाई गाउँपालिका र पर्सागढी नगरपालिकाका ५/५ जना रहेका छन् । कालिकामाईमा भेटिएका सबै संक्रमित वडा नं. १ का रहेकाे प्रवक्ता डा. चाैरसियाले वताए ।

त्यसतै बाराको जितपूरसिमरा उपमहानगरपालिकामा एक जना, कोल्भी नगरपालिकामा तिन जना र महागढीमाई नगरपालिकामा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

रौतहटको गढीमाई नगरपालिकामा दुई जना, मादवनारायण नगरपालिकाका एक जना र इलाका प्रहरी कार्यालय गरुडाका एक जनामापनि संक्रमण देखिएकाे डा. चौरसियाले जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...