Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

प्याजको कालोबजारी गर्ने एक जना पक्राउ

spot_img
spot_img
वीरगंज । बारा प्रहरीले प्याजकाे कालाेबजारी गरेकाे आराेपमा कलैयाबाट एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले बाराकाे कलैया उपमहानगरपालिका वडा नं. १ स्थितमा रहेको खुशी स्टोरका संचालक चन्दन साहलाई पक्राउ गरेकाे हाे ।
 
विगत केहि दिनदेखी प्याजको कृतिम अभाव देखाई खरिद मुल्यको दोब्बरसम्म बिक्रि वितरण गरी कालो बजारी भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा बिहिबार दिउँसो २:३० बजे जिल्ला प्रहरी कर्यालयबाट खटिएकाे प्रहरी टोलीले ग्राहक बनी प्याज खरिद गर्दा पसले प्रति किलो रू.४३ मा खरिद गरेको प्याज प्रति किलो रू.८० मा बिक्री गरेको पाइएको हुँदा नियन्त्रणमा लिइएकाे जनाएकाे छ ।
 
प्रहरीले स्टोरमा लुकाई राखेको प्रति बोरा १९ किलो भएको १४ बोरा र प्रति बोरा ४८ किलो भएको ४ बोरा गरी जम्मा ४५८ किलो ग्राम प्याजसमेत बरामद गरेकाे जनाएकाे छ । कालो बजारी गर्ने निज चन्दन साहलाई पक्राउ गरी कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...