Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

प्याजको कालोबजारी गर्ने एक जना पक्राउ

spot_img
spot_img
वीरगंज । बारा प्रहरीले प्याजकाे कालाेबजारी गरेकाे आराेपमा कलैयाबाट एक जनालाई पक्राउ गरेकाे छ । प्रहरीले बाराकाे कलैया उपमहानगरपालिका वडा नं. १ स्थितमा रहेको खुशी स्टोरका संचालक चन्दन साहलाई पक्राउ गरेकाे हाे ।
 
विगत केहि दिनदेखी प्याजको कृतिम अभाव देखाई खरिद मुल्यको दोब्बरसम्म बिक्रि वितरण गरी कालो बजारी भइरहेको भन्ने प्राप्त सूचनाको आधारमा बिहिबार दिउँसो २:३० बजे जिल्ला प्रहरी कर्यालयबाट खटिएकाे प्रहरी टोलीले ग्राहक बनी प्याज खरिद गर्दा पसले प्रति किलो रू.४३ मा खरिद गरेको प्याज प्रति किलो रू.८० मा बिक्री गरेको पाइएको हुँदा नियन्त्रणमा लिइएकाे जनाएकाे छ ।
 
प्रहरीले स्टोरमा लुकाई राखेको प्रति बोरा १९ किलो भएको १४ बोरा र प्रति बोरा ४८ किलो भएको ४ बोरा गरी जम्मा ४५८ किलो ग्राम प्याजसमेत बरामद गरेकाे जनाएकाे छ । कालो बजारी गर्ने निज चन्दन साहलाई पक्राउ गरी कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार आवश्यक कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...