Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

कोरोना महामारीमा बालदिवस र बालअधिकार

spot_img
spot_img

-प्रकाश पाण्डे/
कोरोना भाइरस (कोभिड-१९) महामारीको असर संसार भरी नै फैलिसकेको छ । भाइरसका कारण पछिल्लो समयमा आएर बालबालिका पनि बढी प्रभावित हुदै गईरहेका छन । कोरोना महामारीले गर्दा धनि र गरिवको खाडल अझ बढेर जाने छ र धनी, गरीब परिवारका बालबालिकाको शैक्षिक उपलब्धिमा जुन असमानता अहिले छ, त्यो झन् फराकिलो भएर जानेछ । रास्ट्रिय बाल दिवस मनाईरहदा अहिले धेरै बालबालिकाको शिक्षा रोकिएको छ, परिवारको आय गुम्दै गईरहेको छ, जसले गर्दा विपन्न वर्गका बालबालिकालाई प्रत्यक्ष असर पारिरहेको छ ।

यो नयाँ खालको भाइरसको चर्चा परिचार्चाले बालबालिकालाई चिन्तित तुल्याएको छ । जसले गर्दा रुघाखोकी लाग्दा वा टाउको दुख्दा पनि कोरोना भाइरसकै संक्रमण हो र अब मरिन्छ कि भन्ने खालका सोचाइहरू बालबालिका एवं विद्यार्थीमा बढ्दै गएको छ । यस्तो खालको सोचाइ बढेपछि बालबालिकामा विभिन्न खालका मनोसामाजिक समस्याहरू पनि देखा पर्न थालेका छन् । समय बित्दै जाँदा यसले विकराल रूप नलेला भन्न सकिन्न। हरेक बालबालिकालाई कष्ट आईपर्नबाट जोगाउनु, जीवन रक्षा गर्नु तथा स्वास्थ्यको रक्षा गर्नु हामी सबैको जिम्मेवारी हो । अहिलेबाट नै बालबालिकामा गरिएको लगानीले हालको महामारी मात्र नभई भविष्यमा आईपर्ने संकटले ल्याउने क्षतिको रोकथाम गर्न सघाउ पुग्नेछ ।

विद्यालहरु बन्द हुदा ग्रामिण क्षेत्रका बालबालिकाहरु बढि प्रभावित भएका छन् । अहिले बालबालिकाहरु घरेलु हिंसाको सिकार हुदै गईरहेका छन, बालश्रम बढेको छ, बिधालय बन्द हुदां बिधालय छाड्ने दर ब्यापक बढ्ने छन जसले गर्दा बालबिवाहको उच्च सम्भावना रहेको छ । अहिलेबाट नै सबैले आ आफ्नो ठांउबाट बालबालिकाहरुको बिषयमा साझा प्रतिबद्धता बनाई अगाडि बड्नुपर्ने बाहेकको विकल्प हामीसामु छैन । अनि मात्र बालबालिकाको हक अधिकार सुरक्षित हुने छन । अब स्थानिय, प्रदेश र संघिय तिनै तहका सरकार तथा सबै सरोकारवाला निकायले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्ने अपरिहार्य भईसकेको छ । बालबालिकाको सर्वोत्तम हितलाई ख्याल गर्दै सबै नीतिनिर्माण तहमा कामगर्ने निकायहरू, अभिभावकहरूले प्रारम्भिक बाल विकासदेखि कक्षा ३ सम्मका बालबालिकाहरूलाई बैकल्पिक सिकाइका क्रियाकलापमा सहभागी गराउन प्रोत्साहन गरौं ।

घर नै बालबालिकाको पहिलो विद्यालय भएकाले प्रारम्भिक कक्षाका बालबालिकालाई घरमै आनन्ददायी वातावरणमा शिक्षण सिकाइमा सहभागी गराई बालबालिकाहरू माथि पर्न सक्ने असर न्यूनीकरण गर्नुपर्ने आजको आवश्यकता भएको छ । कोरोना महामारी अहिले बिपद बनेको आएको छ । यस बिपत्तिमा सबै बाल बालिकाहरुको आफ्नो अधिकार सुनिस्चितताको लागी हामी सबै पक्ष, सबै सरोकार वाला निकायहरुले साझा प्रतिबद्ता बनाइ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ। बालबालिकामा खर्च होइन लागानी गर्नसके मात्र सुखि नेपाल समृद्ध नेपालको सपना साकार हुनेछ । धन्यवाद ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...