Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

वीरगंजमा जारी निषेधाज्ञा असोज १५ सम्म

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकामा जारी निषेधाज्ञालाई आगामी असोज १५ गतेसम्मका लागि बढाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा आज बिहान बसेको जिल्ला सुरक्षा समितिकाे बैठकले जारी निषेधाज्ञालाई आगामी असोज १५ गते राति १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेकाे हाे ।

निषेधाज्ञा जारी रहेपनि नियम पालना गरी बजार खाेल्ने र सवारी साधान संचालन गर्न पाइने छ । यसका साथै सार्वजनिक सेवा प्रवाह गर्ने सबै कार्यालय र संघसंस्थाबाट आवश्यक स्वास्थ्य सुरक्षा सर्तकर्ता अपनाउदैं दिइएको निर्देशन पालना गरी सेवा प्रवाह गर्न दिने निर्णय भएको छ । सेवा लिने र दिनेले कम्तीमा दुई मिटर दुरी कायम गर्नुपर्ने र अनिवार्य रुपमा मास्क प्रयोग गर्न बैठकले निर्देश गरेको छ ।

यस्तै, पचास प्रतिशत मात्र यात्रु राखी पचास प्रतिशत बढी भाडा लिएर आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र सवारी साधन संचालन गर्न बैठकले निर्णय गरेको छ ।

यस्तै, बिहान ८ बजेसम्म मात्रै खुल्न भनिएका फलफुल पसल खोल्न अब समय तोकिएको छैन । तर छुट्याइएको निश्चित स्थान बाहेक अन्य स्थानमा गएर फलफूल विक्रि गर्नेलाई भने कारबाही गरिने प्रशासनको चेतावनी छ ।

योसँगै अब बिहानैदेखि दिनभर फलफुल पसल संचालन गर्न सकिने छ । यस्तै अन्य बजार तथा पसलहरु भने बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै खोल्ने यसअघिकै निर्देशनलाई यथावत राखेको छ ।

कोभिड संक्रमण फैलन नदिन नो मास्क नो मुभ अभियानलाई कडाइका साथ लागु गर्न मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्नेलाई कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

लामाे दुरीकाे सवारी प्रत्येक दिन चलाउन पाइने भए पनि स्थानिय स्तरमा जाेर गते जाेर नम्बरकाे सवारी चलाउन र बिजाेर गते बिजाेर नम्बरकाे सवारी साधान संचालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी सुचनामा उल्लेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...