Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्सामा फेरी संक्रमित बढ्दै, थप १७ जनामा काेराेना पुष्टि

spot_img
spot_img

वीरगञ्ज । पर्सामा विगत केहि दिनदेखि घटिरहेको कोरोनाको संक्रमितको संख्या फेरी ह्वातै बढेको छ ।

नारायणी अस्पतालकाे प्रयोशालामा बुधबार सांझ गरिएको पिसिआर परिक्षणमा १९ जनामा कोरोना संक्रमण फेला परेकाे छ । फेला परेका संक्रमित मध्ये पर्साका १७ जना, बारा र राैतहटका एक-एक जना रहेका छन् ।

२ सय ९० जनाको स्वाबकाे नमुना परिक्षण गर्दा ५ महिलासहित १९ जनामा संक्रमण देखिएकाे नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाले वताए । संक्रमितहरु १५ वर्षदेखि ६१ वर्षसम्म उमेर समुहका रहेकाे उनले जनाए ।

संक्रमितहरुकाे सिटि भ्यालु १६ देखि ३० सम्म रहेकाे प्रवक्ता डा. चाैरसियाले जानकारी गराए ।

प्रवक्ता डा. अतुलेश कुमार चाैरसियाका अनुसार पर्साकाे वीरगञ्ज महानगरपालिकाका १० जना, पाेखरिया नगरपालिकाका २ जना, जिराभावानी गाउँपालिका, बहुदरमाई नगरपालिका, पर्सागढ़ी नगरपालिका, सखुवा प्रसाैनी गाउँपालिका र बिन्दवासिनी गाउँपालिकाका एक-एक जनामा काेराेना पाेजिटिभ देखिएकाे हाे ।

केही दिनदेखि एक अंककाे संख्यामा फेला पर्न थालेकाे संक्रमितकाे संख्या अब फेरी दुई अंकमा पुगेकाे छ ।  

यस अघि मंगलबार पर्साकाे १५२ जनाकाे परिक्षणमा ५ जनामा संक्रमण देखिएकाे थियाे भने साेमबार ४० जनाकाे परिक्षण गर्दा सबै जनाकाे रिपाेर्ट नगेटिभ देखिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...